बागलुङ/सुख्खा पहिरोका कारण शनिबार दिउँसोदेखि अबरुद्ध कालिगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमाा आएको छ । करिडोर कालोपत्रेको काम गरिरहेको कालिका कन्ट्रक्सनले पहिरो पन्छाएपछि सडक सुचारु भएको हो ।
कालिगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका अनुसार बागलुङ र गुल्मीको सिमानामा पर्ने गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नं. ६ बरलवाको भीरमा पहिरो खसेको थियो । सडक सुचारु भएसँगै लामो तथा छोटो दुरीका सवारी सञ्चालनमा आएका छन् ।
पहिरोले बागलुङ–गृल्मी खण्डअन्तर्गत मालढुंगा–अर्वेनी सडक पूर्णरुपमा अबरुद्ध थियो । यसअघि फागुन ११ गते राती खसेको सुख्खा पहिरोले कोरिडोर एकसाता बन्द भएको थियो । बागलुङको मालढुंगादेखि गुल्मीको अर्बेनीसम्म ५४ किलोमिटर खण्ड कालोपत्रेका लागि स्तरोन्नतीको काम भैरहेको छ ।
शनिबारदेखि उक्त खण्डमा मालबहाक ट्रकहरु अलपत्र परेका थिए । दुईतर्फी स्काभेटर प्रयोग गरेर चट्टान फोडेपछि सडक सञ्चालनमा आएको निर्माण कम्पनी कालिका कन्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले बताए ।





