पोखरा / रूपा गाउँपालिकाको स्थापना दिवसको अवसरमा कृषि प्रद्धशनी, माला प्रतियोगिता, झाँकी प्रदर्शनी, र अध्यक्ष कप भलिबल खेल सम्पन्न भएका छन् । सोही उपक्रममा भएको भलिबल प्रतियोगितामा चापाकोट नगपालिका वडा नम्बर ४ प्रथम भएको छ ।
चापाकोटले रुपा ५ लाई हराएको हो । प्रतियोगितामा शुक्लागण्डकी नगरपालिका १२ ले तृतीय स्थान प्राप्त ग¥यो । गाउँपालिका अध्यक्ष नवराज ओझाको अध्यक्षतामा संचालन रहेको कार्यक्रमको कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी प्रमुख अतिथि रहेका थिए ।
स्थापना दिवसअन्तर्गत भएको माला प्रदर्शनीमा शान्ती रूपा बराथोक तमु समाज रूपा –६ प्रथम,सत्य तमु आमा समूह द्धितीय भएको थियो भने चन्द्रज्योति आमा समूहले तृतीय स्थान प्राप्त गरेको थियो ।
पालिकाले सो अवसरमा वडास्तरीय अगुवा कृषकलाई सम्मान पनि ग¥यो । सम्मानित हुनेमा वडा नम्बर १ बाट ७ सम्मका क्रमशः शान्ता श्रेष्ठ,वामदेव सुवेदी, सूर्यदीप पराजुली,रविन्द्र शाही,शिला क्षेत्री,जोरली मियाँ र विष्णुबहादुर थापा मगर रहेका छन् ।
पालिकाले सर्वोत्कृष्ट अगुवा कृषक टाँकान्जा कृषि फर्मका वीरेन्द्रकुमार श्रेष्ठ, सिद्ध बहुउदेश्य कृषि फर्म बुद्धिबहादुर गुरूङ,डाडाँमुख डिही दूध तथा कृषि फर्मका काशिराम बसौला, हरिचन्द्र बसौला र सूर्यबहादुर क्षेत्री,खड्का कृषि तथा पशुपंक्षी फर्म तिलबहादुर खड्का र मादीगंगा एग्रो फर्म एण्ड लाइफस्टक फर्मका बाबुराम न्यौपानेलाई सम्मान पनि गरेको छ ।
भाँकीतर्फ रूपा देउराली नेवा खलः रूपा -५ प्रथम,शान्तिरूपा बहाराथोक तमुसमाज रूपा – ६ दोस्रो, प्रगतिशिलआमा समूह रूपा ६ तेस्रो र चिसापानी टोल विकास संस्था रुपा ६ ले सान्त्वना पुरस्कार प्राप्त गरे ।
पालिकाले सो अवसरमा खानेपानी तथा सरसफाइ प्राविधिक विश्वराज अधिकारी र वडा नम्बर ५ की सचिव यमुना ढकाललाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित ग¥यो भने शिवालय माविका प्रधानाध्यापक रूपेन्द्र प्रभावि जोशी र कमला आधारभूत प्राविकी प्रधानाध्यापक निर्मला भण्डारी उत्कृष्ट शिक्षकको रुपमा सम्मानित भएका प्रमुख प्रशासकी अधिकृत चिरञ्जीवी बरालले जानकारी दिए ।




