बागलुङ/सामाजिक तथा युवाहरुको क्षमता बिकासमा सक्रिय रोट्रयाक्ट क्लव अफ बागलुङले रोट्रयाक्ट सप्ताह शुरु गरेको छ ।
रोट्रयाक्टले यसबर्ष पनि ७ दिन ७ क्षेत्रलाई आधार मानेर रोट्रयाक्ट क्लवले फागुन ३० देखि चैत ६ गतेसम्म संचालन हुने गरि बिभिन्न कार्यक्रमका साथ सप्ताह शुरु गरेको हो ।
सप्ताहको पहिलो दिन बागलुङ नगरपालिका वडा नं. ४ निरयघाटस्थित रामानुज आश्रममा १० हजार बरावरको खाद्यान्न र फलफुल बितरण गरिएको सप्ताहका मुलसंयोजक सन्तोष परियारले जानकारी दिए ।
कार्यक्रममा रोटरी क्लव अफ बागलुङका अध्यक्ष दिपेन्द्रबहादुर घिमिरे लगाएत क्लवका पदाधिकारी सदस्यहरुले सामाग्री बितरण गरेका थिए । कार्यक्रम क्लवका अध्यक्ष सुस्मिता केसीको अध्यक्षता, मुल संयोजक सन्तोष परियारको स्वागत र सचिव तारा केसीको संचालनमा सम्पन्न भएको थियो ।
सप्ताहको दोस्रो दिन साइवर सेक्युरिटी तथा बित्तिय साक्षरता सम्वन्धी सचेतना कार्यक्रम, तेस्रो दिन मैत्रीपूर्ण फुटसल, चौथो दिन हाइकिङ, पाचौ दिन महिनावारी सचेतना कार्यक्रम, छैटो दिन ट्राफिक सचेतना तथा ट्राफिक बोर्ड व्यवस्थापन र सातौ दिन रक्तदान सहित समापन कार्यक्रम रहेको अध्यक्ष सुस्मिता केसीले जानकारी दिइन् ।





