बागलुङ/धौलागिरि लघुबित्त बित्तीय संस्थाको अधिवेसनले अध्यक्षमा सिर्जना थापालाई निर्विरोध चयन गरेको छ । बिहिबार सम्पन्न पाँचौं वार्षिक साधारणसभाले निर्विरोध रुपमा अध्यक्ष सहितको पदाधिकारी चयन गरेको हो ।
थापाले पदभार ग्रहण गर्दै सबैलाई धन्यवाद दिइन् । संस्थालाई नयाँ उचाइमा पु¥याउन पहल गर्ने उनको जोड थियो । धौलागिरि क्षेत्रमा लघुवित्तको काम गर्दै आएको संस्थाले कार्यक्षेत्र बिस्तार गर्दै गुणस्तरीय सेवा दिईरहेको छ ।
साधारणसभाले संस्थापक समूहबाट सुमन प्रसाद श्रेष्ठ, सिर्जना थापा, जीवन आचार्य र शालिकराम शर्मालाई चयन गरेको थियो । सर्वसाधारण समूहबाट २ जना निर्वाचिन गरेको हो । सर्वसाधारणबाट गणेश पौडेल र चेतनारायण सापकोटा सदस्य छन् । समितिमा निर्वाचित सदस्यहरुले थापालाई अध्यक्षमा चयन गरेका हुन् ।
बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार साधाणसभाबाट ६ र १ जना स्वतन्त्र संचालक समितिले नियुक्ती गर्नुपर्ने व्यवस्था बमोजिम अब १ जना नियुक्त गर्न बाँकी छ ।





