बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

‘बिभेद हटाउन आर्थिक सशक्तीकरण गरौं’

‘बिभेद हटाउन आर्थिक सशक्तीकरण गरौं’


  • ढोरपाटन संवाददाता
  • चैत्र ४ २०८०, आइतबार

बागलुङ/दलीत सशक्तीकरण कार्यक्रमअन्र्तगत बागलुङ नगरपालिकाले तीन दिने कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबारदेखि शुरु भएको प्रशिक्षण, अभिमूखीकरण र छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कानूनी साक्षरता, नेतृत्व विकास, अधिकारमुखी अवधारणा र बिकासका योजना तथा दलीत सशक्तीकरणका बिषयमा प्रशिक्षण भएको हो ।
बिशेषगरी दलीत क्षेत्रका मुद्दालाई स्थापित गर्ने, दलीत भएकै कारण अबसरबाट बञ्चित भएको अबस्थामा कसरी अबसरको खोजी गर्ने, कसरी कानूनी अबरोध हटाउने र आफ्नो नेतृत्व कसरी बिकास गर्ने जस्ता बिषयमा प्रशिक्षण भएका थिए ।
कार्यक्रममा नगर उपप्रमुख राजु खड्का, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, अधिवक्ता यामबहादुर चर्माकार, बागलुङ जेसीजका पूर्व अध्यक्ष सुदिप राजभण्डारी, महिला बालबालिका शाखा प्रमुख सरस्वतीदेवी रेग्मी लगायतले प्रस्तुतीकरण र अभिमूखीकरण गराएका थिए ।
कार्यक्रममा बानपासहित काठेखोला र जैमिनीका दलीत अगुवा, कार्यपालिका सदस्य र वडा सदस्य तथा अधिकारकर्मी सहभागि थिए । तीन दिने कार्यक्रमअन्र्तगत अन्तिम दिन पछाडि पारिएका सामाजिक समूह, दलीत अबस्था सामाजिक समावेशीकरण, सवाल र सम्भावना बिषयक प्रस्तुतीकरण भएको थियो । सहायक प्रजिअ बरालले उक्त प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख बसन्तकुमार श्रेष्ठले दलीत शब्दले अपमानित बन्ने अबस्था हो भने त्यो हटाउनु पर्ने धारणा राखे । तर पछाडि पारिएका समुदायको उत्थानमा काम गर्ने, सशक्तीकरण गर्ने र आर्थिक विकासमा का मगर्न सकेमा बिभेद अन्त्य गर्न सकिने समेत उनको धारणा थियो ।
नगर उपप्रमुख राजु खड्काको अध्यक्षता, महिला बालबालिका शाखा प्रमुख सरस्वती देवी रेग्मीको संचालनमा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य धनमाया शर्मा, वडा सदस्य शान्ता परियार लगायतले आफ्नो धारणा समेत राखेका थिए ।
अधिवक्ता यामबहादुर चर्माकारले प्रस्तुतीकरणमाथी टिप्पणी गर्दै आर्थिक रुपमा सम्पन्न बनाउन सकेमा बिभेदको अन्त्य हुने भन्दै राज्यले त्यस्ता कार्यक्रम ल्याउनुपर्ने धारणा राखे । उनले बिभेद थियो भनेर बसिरहनुभन्दा बिभेद अन्त्यका कार्यक्रम बनाएर सबै समुदाय सचेत बन्ने र उनीहरुलाई अभिमूखीकरण गरेर जाने, कानूनी कारवाहीबारे स्पष्ट पार्ने अभियान निरन्तर चालिनुपर्ने धारणा पनि राखे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->