बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङ टेलरिङ्ग ब्यबसायी संघको अध्यक्षमा श्रीस

बागलुङ टेलरिङ्ग ब्यबसायी संघको अध्यक्षमा श्रीस


  • ढोरपाटन संवाददाता
  • चैत्र ११ २०८०, आइतबार

बागलुङ/टेलरिङ्ग ब्यबसायी संघ बागलुङको तेस्रो साधारणसभा तथा दोस्रो अधिबेशनले प्रेमकुमारी शिरीषको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा राजकुमार बर्देवा, उपाध्यक्षमा दिपा पाइजा, सचिबमा कृष्ण समीर, सह–सचिवमा लक्ष्मी श्रेष्ठ, कोषाध्यक्षमा पार्बती पुन, सह–कोषाध्यक्षमा रिता थापा, सदस्यहरुमा रिमाकुमारी थापा, सान्ती नेपाली, मिमा गुरुङ, मनकुमारी पुन र धनमाया खत्री चयन भएका छन् ।
साधारणसभा तथा अधिबेशनको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले नगरपालिकाले टेलरिङ्ग ब्यबसायीको हक हित र ब्यबसाय प्रबर्द्धनको लागि युवा उधम बिकास कार्यक्रममार्फत सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रममा महासंघका केन्द्रिय उपाध्यक्ष धनबहादुर परियार, टेलरिङ्ग ब्यबसायी संघ पर्बतका अध्यक्ष गुरुदत्त सुवेदी, म्याग्दीका अध्यक्ष गोपाल परियार, कपडा तथा फेन्सी व्यावसायी संघ बाग्लुङका अध्यक्ष डिबी कार्कीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाको तर्फबाट बिगत ४० बर्षदेखि निरन्तर रुपमा सक्रिय महिला ब्यबसायी सम्झना परियारलाई खादा र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->