बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

खर्वाङमा शिक्षक संगठनको साङ्गठनीक तथा शिक्षण प्रशिक्षण

खर्वाङमा शिक्षक संगठनको साङ्गठनीक तथा शिक्षण प्रशिक्षण


  • ढोरपाटन संवाददाता
  • चैत्र ११ २०८०, आइतबार

बागलुङ/नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति बागलुङको मार्च टु लोकल लेभल कार्यक्रमअन्तर्गत बडिगाड, गल्कोट र ताराखोला गाउँ तथा नगर समितिको संयुक्त साङ्गठनीक एवं शिक्षण प्रशिक्षण कार्यक्रम खर्वाङमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका सदस्य गोविन्द बहादुर भण्डारी, जिल्ला अध्यक्ष गंगा शर्मा, गण्डकी प्रदेश सदस्य खिमानन्द आचार्य, बडिगाड गाउँपालिका वडा नं. २ का वडाध्यक्ष ढाल प्रसाद शेरचन, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सल्लाहकार तिर्थमणि भुसाल, जिल्ला सचिव कृष्ण भट्टराई, ताराखोला गाउँपालिकाको प्रतिनिधित्व गर्दै संगठन प्रमुख पवन गौतम, संगठनका मुसिकोट नगरसचिव महलाल पौडेल लगाएतले बोलेका थिए ।
बक्ताहरुले शिक्षक सामाजिक अगुवा समेत भएकोले थप जिम्मेवार बनेर कार्य गर्नुपर्ने बताएका थिए । संगठनमा आवद्ध शिक्षक शिक्षण तथा प्रशासन दुवैतर्फ उत्कृष्ट हुनुपर्ने भन्दै पेशागत हकहितको लागि प्रतिवद्ध रहेको प्रतिवद्धता दोहोर्याएका थिए । कार्यक्रममा शिक्षक तालिम केन्द्रका प्रशिक्षक तथा संगठनका जिल्ला उपाध्यक्ष बालकृष्ण सापकोटाले उत्कृष्ट शिक्षण कौशलको विषयमा सहजिकरण गरेका थिए ।
कार्यक्रम संगठनका बडिगाड अध्यक्ष ढालमणि भण्डारीको अध्यक्षता, संगठनका गल्कोट संयोजक राम खत्रीको स्वागत तथा संगठन बडिगाडकै सचिव यज्ञदत्त घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->