बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बालमैत्री नगरका लागि वडा समिति गठन

बालमैत्री नगरका लागि वडा समिति गठन


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०८०, बुधबार

बागलुङ/आगामी पुस मसान्तभित्र बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने लक्षअनुसार वडा वडामा बाल संजाल र बालमैत्री वडा समिति गठन गरिएको छ ।
मंगलबार वडा नं. २ को बालमन्दिरमा आयोजित कार्यक्रममा वडा अध्यक्ष सुरज बोसेलको अध्यक्षतामा १२ जना सदस्य रहेको समिति गठन भएको हो । वडा समितिमा वडा सदस्य अर्जुन घिमिरे, बिदेशकुमार श्रेष्ठ सदस्य छन् ।
स्वास्थ्यकर्मीको रुपमा नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनाल, आमा समूहको प्रतिनिधित्व गर्दै साबित्री शर्मा, टोल बिकास समितिको प्रतिनिधित्व गर्दै राजकुमार पौडेल, बिद्यालय व्यवस्थापनको प्रतिनिधिको रुपमा बालमन्दिर व्यवस्थापन समितिबाट सुवास आचार्य र रुद्रे पिपल व्यवस्थापन समितिबाट कमल बोहरा सदस्य रहेका छन् । महिला स्वास्थ्य स्वयंसेविका तर्फबाट निर्मला शर्मा, वडा बाल संजालका संयोजक पवित्रा कार्की र रोजिन थापा तथा वडा सचिव गंगादेवी शर्मा सदस्य सचिवको रुपमा रहेकी छिन् ।
त्यस्तै, मंगलबारै पवित्रा कार्कीको अध्यक्षतामा वडा बाल संजाल गठन भएको छ । समितिको उपाध्यक्षमा स्वीकृति शर्मा, सचिवमा रोजी थापा, कोषाध्यक्षमा निशा शर्मा, सहसचिवमा कृतिका कंडेल, सदस्यहरुमा लब्सन खड्का, पुष्पा गुप्ता, कृजन कार्की, अनुस गैरे, ज्ञानु श्रीष, मोहन कुँवर र अस्मिता आले रहेका छन् ।
बालमैत्री स्थानीय शासन वडा समिति गठन तथा बाल समिति गठन र पुर्नगठित समितिका पदाधिकारीलाई अभिमूखीकरण कार्यक्रममा नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बालमैत्री अवधारणा, बालमैत्री बनाउन चाहिने सूचक, अहिले सम्मको अवस्था र आगामी दिनमा गर्नुपर्ने कामबारे प्रस्तुतीकरण गरेका थिए । उनले बालमैत्री नगर बनाउनका लागि कठिन काम नभइ सबैको सकारात्मक सोच र सहभागिताको आवस्यकता भएको बताए ।
वडा अध्यक्ष सुरज बोसेलको अध्यक्षता, बालमन्दिर आधारभूत बिद्यालयकी शिक्षक दुर्गा शर्माको संचालन र वडा नं. २ का सदस्य अर्जुन घिमिरेको स्वागतमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख राजु खड्काले नगरको महत्वपूर्ण अभियानलाई सबै मिलेर सफल पार्नुपर्ने बताए । उनले बालमैत्री नगर बनाउनु, घोषणा गर्नु मात्र महत्वपूर्ण नभइ दिगो पनाको व्यवस्थापन गर्नुपर्ने काम चुनौतीको भएको बताए । कार्यक्रममा बिभिन्न बिद्यालयका बालबालिकाले नाटक, कविता वाचन र अतिरिक्त क्रियाकलाप गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->