बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बालिका बलात्कार गर्ने मल्ल भैरहवाबाट पक्राउ

बालिका बलात्कार गर्ने मल्ल भैरहवाबाट पक्राउ


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०८०, बुधबार

बागलुङ/नौ महिनाअघि बालिका बलात्कार गरेको आरोपमा बागलुङको निसीखोलाका एक ३० बर्षिय युवक पक्राउ परेका छन् । बलात्कार गरी बालिका गर्भवती बनाएपछि भागेका निसीखोला–२ का ३० बर्षिय बिजय मल्ल पक्राउ परेका हुन् ।
पीडित बालिकाको उजुरीपछि खोजी भैरहेकोमा मल्ललाई बुधबार बिहान भैरहवाबाट पक्राउ गरिएको प्रहरी निरीक्षक दिपकबाबु केसीले जानकारी दिए । ९ महिना अघि मल्लले स्थानीय १३ बर्षिय बालिकालाई जवरजस्ती गरेका थिए । पैसा र दबाव दिएर घटना लुकाउन खोज्दा पीडितहरु उजुरी आउन सकेका थिएनन् । पीडितले परिवारले ९ महिनापछि मात्रै उजुरी गर्न सफल भएको थियो । पक्राउ परेका मल्ललाई प्रहरीले बागलुङ ल्याएर आवस्यक कारवाहीका लागि मुद्दा चलाउने केसीले जानकारी दिए ।
जवरजस्ती करणीमा परेकी बालिका र उनको परिवार दबावमा पर्दा ढीलागरी जाहेरी परेको हो । ती बालिकाले शनिबार बिहान ३ बजे छोरीलाई जन्म दिएकी छिन् । धौलागिरि अस्पतालमा ती बालिकाले छोरी जन्माएकी थिइन् । २.१ केजीको ती बालिकाको थप उपचारका लागि पोखरा पठाइएको छ ।
जवरजस्तीबाट गर्भवती बनेपछि बालिकालाई पैसा दिएर घटना लुकाउन खोजिएको थियो । पीडितलाई बुटवल लगेर गर्भपतन गराउन मल्लले दबाव दिएको पीडितका परिवारले जानकारी दिए । ‘बुटवल लगेर गर्भपतन गराउन खातामा पैसा समेत दिएका थिए, तर नमिल्ने अबस्थाको भैसकेकोले फिर्ता भयौं’ पीडितका आफन्तले भने, ‘बाहिर कुरा नल्याउन भन्दै पैसा दिन खोजेका थिए ।’ पीडित बालिकाले ढीला गरी घरमा जानकारी गराएकोले गर्भपतन गराउने समय सकिएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->