बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मौसम पूर्वानुमान महाशाखा भन्छ, ‘तनहुँको बन्दिपुरमा सबैभन्दा धेरै वर्षा’

मौसम पूर्वानुमान महाशाखा भन्छ, ‘तनहुँको बन्दिपुरमा सबैभन्दा धेरै वर्षा’


  • ढोरपाटन संवाददाता
  • चैत्र १५ २०८०, बिहिबार

पोखरा / अहिले गडण्कीसहित तीन प्रदेशमा वर्षा भइरहेको छ । अन्य प्रदेशको मौसम आंशिक बदली भएको छ । मौसमविज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण गण्डकी, बागमती र कोशी प्रदेशमा वर्षा भइरहेको छ ।

महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार यी प्रदेशमा आगामी तीन दिनसम्म नै वर्षाको सम्भावना रहेको छ । कँडेलले भनिन्, गण्डकी, बागमती र कोशी र प्रदेशका सबैजसो ठाउँमा आगामी तीन दिन नै वर्षाको सम्भावना छ, अन्य केही स्थानमा हल्का वर्षा मात्र हुने देखिन्छ ।

मौसमविद् कँडेलका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी तनहुँको बन्दिपुरमा ५७.८ मिलिमिटर वर्षा मापन भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->