बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

क्यान्सर पीडित थापालाई विद्यालयको सहयोग

क्यान्सर पीडित थापालाई विद्यालयको सहयोग


  • ढोरपाटन संवाददाता
  • चैत्र १५ २०८०, बिहिबार

बागलुङ/क्यान्सरबाट पीडित बागलुङ नगरपालिका–८ निवासी पृथ्वी थापा मगरको उपचारका लागि यहाँको एक बिद्यालयले आर्थिक सहयोग गरेको छ ।
बागलुङ नगरपालिका–१ रामरेखामा रहेको न्यू एभरेष्ट एकेडेमीले शिक्षक कर्मचारी र विद्यार्थीहरुबाट संकलित रकम थापाको परिवारलाई हस्तान्तरण गरेको हो ।
बिहिबार विद्यालयमा थापा परिवारका सदस्यहरुलाई विद्यालयका प्रिन्सिपल कृष्ण अधिकारीले २५ हजार ३ सय ६५ रुपैयाँ नगद हस्तान्तरण गरे । भरतपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेका थापालाई उपचार खर्च अभाव भएपछि आर्थिक संकलन अभियान सुरु भएको थियो । मध्यम परिवारका थापाको उपचारका लागि ठुलो रकम खर्च हुने भएपछि उपचार खर्च सहयोग संकलन अभियान सुरु भएको थियो ।
थोरै भएपनि उपचारमा सहयोग पुगोस् भनेर स्वस्फुर्त रकम संकलन गरेको अधिकारीले बताए । थापाका छोरा बिबेक थापा सोही विद्यालयको कक्षा ५ मा अध्ययन गर्छन् । उनलाई विद्यालयले ३० प्रतिशत छात्राबृत्तिमा अध्ययन गराउँदै आएको छ । शिक्षक, विद्यार्थी तथा अभिभावकलाई अफ्ठ्यारो परेका बेला विद्यालयले अभियान सञ्चालन गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->