बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गलकोटका मुस्लिमको समस्या: न बस्ने जग्गा, न घाट !

गलकोटका मुस्लिमको समस्या: न बस्ने जग्गा, न घाट !

गत माघमा २२ बर्षिय सपना खातुनको मृत्यु हुँदा उनीहरुले गलकोट क्षेत्रमा कतै शव व्यवस्थापन गर्ने ठाउँ नपाएपछि गुल्मीको शान्तिपुर पुर्याए ।


  • ढोरपाटन संवाददाता
  • चैत्र १६ २०८०, शुक्रबार

बागलुङ/गलकोटस्थित गौदी खोलाको किनारमा जस्तापाताको छाप्रो छ । त्यहीं छाप्रोमा १० परिवारका ४० बढी मानिस बस्छन् । खोला बढेर आउँदा सिंगो बस्ती बगाउने खतरा छ । बालबालिका खोलामा खसेपनि दुर्घटनाको जोखिम उत्तिकै छ । न राम्रो शौचालय छ न व्यवस्थित बसोबास ।
गलकोट नगरपालिका–३ मा सूचिकृत भएका मुस्लिम समुदायहरु अव्यवस्थित रुपमा बसोबास गरिरहेका छन् । उनीहरुले आँफूहरु सुकुम्बासी भएको बताए । ‘हामी धेरै पहिला बलेवाबाट आएको हो, तर हाम्रो नाउँमा घर जग्गा केही छैन, सुकुम्बासी हौं’ ६१ बर्षिय रहमत हकिमले भने, ‘जग्गाजमिन नभएकोले मेलापात, ज्यालामजदुरी गरेर खाएका छौं ।’ ४३ बर्षदेखि उनले गलकोट नगरपालिका–३ को हटिया बजारमा बिग्रेका छाता मर्मत गरेर बसेका हकिमले आफ्नै जग्गा जमिन नभएको बताए ।
भाडामा लिएको जग्गामा छाप्रो हालेका छन् । त्यहीं छाप्रोमा उनीसहित हकिमको मात्रै १० जनाको परिवार बस्छन् । काम गरेर खानु परेकोमा उनलाई चिन्ता छैन । बरु आफ्नो समुदायको मृत्युमा भोग्ने समस्याप्रति उनी चिन्तित छन् । समुदायको कोही मानिसको मृत्यु भयो भने दाहसंस्कार गर्ने ठाउँ छैन । गत माघमा २२ बर्षिय सपना खातुनको मृत्यु हुँदा उनीहरुले गलकोट क्षेत्रमा कतै शव व्यवस्थापन गर्ने ठाउँ पाएनन् । दरमखोला, गौदीखोला आसपासका अन्य बगर र घाटको खोजी गर्दा पाउन सकेनन् । त्यसपछि उनीहरुले गुल्मीको शान्तिपुर पु¥याए ।
शान्तिपुर लैजान पनि गाडी पाएनन् । चर्को मूल्य तिरेपछि मात्र पाएको गाडीमा लैंजादा, समुदायका मानिस त्यहाँ पुगेर फर्कंदा झण्डै एकलाख खर्च भएको थियो । सुकुम्बासी झैं बसेका मुस्लिम समुदायको लागि यो रकम निकै धेरै हो । उनीहरुको पीडा सुनेपछि गलकोट नगरपालिकाले शव व्यवस्थापनका लागि २५ हजार रुपैयाँ सहयोग गरेको नगरप्रमुख भरत शर्मा गैरेले बताए ।


यसअघि मृत्यु भएका घटनामा उनीहरुले बागलुङ पर्वत सिमानाको मालढुंगास्थित कालीगण्डकी किनारमा शव ल्याउने गर्थे । मालढुंगा पुग्दा पनि उनीहरुले ६० किमी यात्रा गर्नुपर्छ । गाडी रिर्जभ गरेर आउँदा एकलाख हाराहारी खर्च हुने गरेको हकिमले बताए । ‘गाडीमा राखेर ६० किमी टाढा कालीगण्डकी नदीमा पु¥याउँदा पनि शव व्यवस्थापनमा स्थानीयले अबरोध गरे’ उनले भने, ‘हाम्रो चलनमा शव गाँड्ने गर्छौ ।’
स्थानीयले भने दुर्गन्ध फैलने भन्दै शव गाड्न नदिएका हुन् । गाड्ने चलनले पटक पटक स्थानीयसँग झगडा भएको उनले गुनासो गरे । नगरपालिका र सामाजिक व्यक्तिको सहकार्यबाट बल्लबल्ल शव व्यवस्थापन गरेर फर्केको उनले सुनाए । ‘शव बोक्ने गाडी पाईदैन, पाइहाले पनि ५०÷६० हजार भन्छन्’ उनले भने, ‘आउजाउ, जानेलाई खाजासहित १ लाख बढी खर्च हुने गरेको छ ।’ सुकुम्बासी बस्तीमा एक जनाको मृत्यु हुँदा यति ठूलो खर्च गर्नु पर्दा ऋण लाग्ने गरेको उनको अनुभव छ ।
गौंदी खोला किनारमा बसेका उनीहरुले बार्षिक १० हजार भाडा तिर्छन् । अधिकांसले ज्यालामजदुरी गर्छन् भने महिलाहरु बेरोजगार छन् । बेलाबेला खोलाको बालुवा चालेर उनीहरुले जीवन बिताएका छन् । उनीहरु मध्ये केहीको बागलुङकै अमलाचौर र कोही गुल्मी तथा अर्घाखाँचीबाट घुम्दै आएकाहरु हुन् । झण्डै ४० बर्ष अघिदेखि आएर नाङले व्यापार गरेर बसेकोले आफ्नै घर भनेर कोही नफर्केको गैरेले बताए ।
नगर प्रमुख गैरेल उनीहरुलाई उचित जग्गा व्यवस्थापन गर्न खोजेपनि नसकेको बताए । ‘कुनै समस्या पर्दा साथ दिएपनि दिगो श्रोतको व्यवस्थापन गर्न सकिएको छैन’ गैरेले भने, ‘नगरभित्र अन्य प्रयोजनका लागि पनि जग्गा नपाएर खोजी गरिरहेका छौं ।’ गौंदीखोलाको तिरैमा उनीहरुको बस्ती छ । यो बस्ती आफ्नो जमिनको होइन । भाडाको बस्तीमा १० घरपरिवारका १३२ जनाको बसोबास छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->