बागलुङ /बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् ।
सोमबार बागलुङ बजारदेखि बागलुङ नगरपालिका–३ दोविल्ला जाँदै गरेको ध१ह ७५ नम्बरको अटो रिक्सा बा.न.पा.–३ रात्माटामा दुर्घटना हुँदा एक बालिका सहित पाँच जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपकबाबु केसीले जानकारी दिए ।
दुर्घटनामा बागलुङ नगरपालिका–३ की ४५ वर्षीया रेवती किसान, २४ बर्षीया सम्झना किसान, ५ बर्षीया साँची किसान, ६८ बर्षीय रोहिणीदत्त शर्मा र कास्की माझी गाउँपालिका–१२ का ४८ बर्षीय शन्त बहादुर परियार घाईते भएको इन्सपेक्टर केसीले बताए । उनले घाईतेहरुको प्रहरीले उद्धार गरि उपचारको लागि धौलागिरी अस्पताल बागलुङमा पठाएको जानकारी दिए । अटो रिक्साका चालक फरार रहेको प्रहरीले जनाएको छ ।





