बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

फरार अटो रिक्सा चालक थापा पक्राउ

फरार अटो रिक्सा चालक थापा पक्राउ


  • ढोरपाटन संवाददाता
  • चैत्र २० २०८०, मंगलबार

बागलुङ/अटो रिक्सा दुर्घटनापछि फरार चालक रामबहादुर थापालाई प्रहरीले लमगाउँबाट पक्राउ गरेको छ । बागलुङ नगरपालिका वडा नं. ६ तीनतलेका २४ वर्षिय थापालाई प्रहरीले मंगलबार बागलुङ नगरपालिका वडा नं. ६ लमगाउँबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यलय बागलुङका सूचना अधिकारी दीपकबाबु केसीका अनुसार, दुर्घटनापछि लमगाउँमा दाजुको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो । सोमबार बागलुङ बजारदेखि दोबिल्लातर्फ जाँदै गरेको ध १ ह ७५ नम्बरको अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका थिए ।
सोही नम्बरको अटो गत कार्तिक ८ गते दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->