बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मानवसेवा आश्रमको ८ औं वार्षिकोत्सव

मानवसेवा आश्रमको ८ औं वार्षिकोत्सव

५० बढीको उद्दारका लागि सूचना, अट्ने स्थान नभएकोले आश्रम छिटो सक्ने लक्ष ।


  • ढोरपाटन संवाददाता
  • चैत्र २१ २०८०, बुधबार

बागलुङ/मानवसेवा आश्रम बागलुङको आठौं वार्षिकोत्सव बुधबार सम्पन्न भएको छ । आश्रम स्थापनापछि हालसम्म गरेका गतिविधि र आश्रम संचालनमा आएको खर्च वर्षगाँठमा सार्वजनिक गरिएको छ ।
आश्रमकी जिल्ला संयोजक बिपना तामाङका अनुसार आश्रम व्यवस्थापनका लािग विभिन्न संघसंस्था, सरकारी निकाय र व्यक्तिगत सहयोगबाट आर्थिक बर्ष २०७९÷८० मा ४३ लाख सहयोग प्राप्त भएको हो । उक्त रकमबाट १८ लाख ११ हजार दैनिक खाना, सरसफाइ, मर्मत तथा व्यवस्थापन र १ लाख १३ हजार प्रशासनिक खर्च भएको हो ।
जसमध्ये दान तथा चन्दाबाट ४१ लाख ५९ हजार रुपैयाँ प्राप्त भएको हो । त्यस्तै खर्चतर्फ आश्रम संचालनमा १८ लाख ११ हजार, प्रशासनिक खर्च ३ लाख ४ हजार, कार्यक्रम गर्न ६८ हजार र कर्मचारीका लागि ६ लाख ९६ हजार खर्च भएको हो । मर्मत तथा सम्भार गर्न २७ हजार ५ सय र ह्रास कट्टीमा ४ लाख ९० हजार कटाइएको हो । आश्रितको औषधिमा २ लाख ६५ हजार, खानेपानीमा ११ हजार र सरसफाइमा १ लाख ६७ हजार खर्च भएको हो ।
आश्रमको आफ्नै भवनसमेत बन्दै छ । बानपा ४ को निरयघाटमा बन्दै गरेको भवनका लागि भने छुट्टै हिसाब राखिएको छ । अहिलेसम्म यो भवन निर्माणमा १ करोड ८ लाख ९९ हजार रुपैयाँ सरकारी निकायबाट प्राप्त भएको देखिएको छ । सामाजिक बिकास कार्यालयले ६१ लाख ६९ हजार लगानी गरेको हो । त्यसबाहेक ताराखोलाले ९ लाख ३६ हजार, बडिगाडले ९ लाख ३५ हजार, बरेङ गाउँपालिकाले ५ लाख ९१ हजार र बागलुङ नगरपालिकाले ६ लाख ५० हजार लगानी गरेको हो ।
त्यस्तै गलकोट नगरपालिकाले ३ लाख ७९ हजार, जैमिनी नगरपालिकाले १ लाख ४४ हजार, तमानखोला गाउँपालिकाले ९४ हजार, निसीखोलाले १ लाख लगानी गरेको हो । बेनी नगरपालिकाको ३ लाख ८९ हजार, रघुगंगा गाउँपालिकाले ४ लाख ९१ हजार र सामाजिक बिकास कार्यालय म्याग्दीले ९ हजार ७ सय सहयोग गरेको हो । जिल्ला प्रहरी कार्यालय बागलुङबाट पनि ७ हजार ५ सय सहयोग आएको हो ।
हाल आश्रममा ७ बालबालिकासहित ५५ जना आश्रित छन् । उनीहरुको खाने खर्च दान चन्दाबाटै गरिएको हो । आफ्नै भवन बनेमा १ सयबढीलाई सहजै राख्ने योजना बनाइएको तामाङले बताइन् । अहिले पनि सडकमा अलपत्र रहेका ५० बढीको उद्दारका लागि सूचना आएको छ । हालको आश्रममा अट्ने स्थान नभएकोले आश्रम छिटो सक्ने लक्ष छ ।
बुधबार भएको वार्षिकोत्सवमा वक्ताहरुले आश्रममा आश्रित घटाउन समाजमा सचेतना फैलाउनु पर्ने धारणा राखे । कार्यक्रममा बानपा १४ का अध्यक्ष चक्रबहादुर खत्रीले सडक मानव घटाउने अभियानमा सबै सचेत बन्नुपर्ने बताए । आश्रम व्यवस्थापन समितिका अध्यक्ष निर्मल श्रेष्ठको अध्यक्षता, सदस्य सरिता गौतमको संचालन र शिवकला थापाको स्वागतमा सम्पन्न कार्यक्रममा पत्रकार मुकेशचन्द्र राजभण्डारीले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->