बागलुङ/नेपाल मगर विद्यार्थी संघ धौलागिरि बहुमुखी क्याम्पस बागलुङको अध्यक्षतमा बिशाल थापा सिंजाली चयन भएका छन् । मंगलबार सम्पन्न क्याम्पस समितिको २१ औं अधिवेसनले सिंजालीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा ममता श्रीस मगर, सचिवमा विकल्प घर्तीमगर, सहसचिवमा एल्रिन थापामगर, कोषाध्यक्षमा झरना थापामगर रहेका छन् । समितिको सदस्यहरुमा सृष्टि घर्तीमगर, सुबास घर्तीमगर, सुदिप घर्तीमगर, नविन्द्र गर्वुजा, मनिषा थापा, समीक्षा काउचा, करिना घर्ती, तारा घर्ती, सूचना नाईसा, बिहानी घर्ती, प्रकृति श्रीस, सुस्मा पुन, सन्दिप थापा, इशा थापा र रितु थापा रहेका छन् ।
उद्घान सत्रमा बोल्ने बक्ताहरुले मगर विद्यार्थीले सामुदायिक हक अधिकारको पक्षमा आवाज उठाउनुपर्नेमा जोड दिएका थिए । नेपाल मगर विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष विष्णु आले मगरले मगर विद्यार्थीले हकअधिकारको वकालतसंगै लोकसेवामार्फत नेपालको कर्मचारीतन्त्र र राजनीतिमार्फत जनप्रतिनिधिमा पुगेर सहभागिता बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा धौलागिरि बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष प्रा.डा. दिनबहादुर थापा, क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्याय, नेपाल मगर संघ बागलुङका सहसचिव रेशम घर्तीमगर, नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रीय सचिव मनिष थापामगर, नेपाल मगर संघ बागलुङका सदस्य संगम घर्तीमगर, नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेश उपाध्यक्ष सागर घर्तीमगर, नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानामगर, नेपाल मगर विद्यार्थी संघ बागलुङका कार्यबाहक अध्यक्ष डम्मर बुढामगर, जनजाति युवा संघका जिल्ला उपाध्यक्ष किशोर थापा, स्ववियु कोषाध्यक्ष सृष्टि आचार्य, त्रिवि प्राध्यापक संघ धौलागिरि क्याम्पसका सभापति भक्तिराम न्यौपाने, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष विशेष पराजुली, अखिल क्रान्तिकारी विप्लवका सुधन विकले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल मगर विद्यार्थी संघ धौलागिरि क्याम्पस समितिका अध्यक्ष कृष्ण अठारे मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मोतिप्रसाद पुनले गरेका थिए । उक्त अवसरमा लोक सेवा आयोग र शिक्षक सेवा आयोगमा नाम निकालेर स्थायी हुन सफल निशाना थापामगर, सुनिता रेश्मी मगर र मोतिप्रसाद पुन, खेलकुद क्षेत्रमा अग्रस्थान बनाउन सफल ह्याण्डबलका गिता बुढाथोकीमगर, उसुकी झरना थापामगर र कबड्डीका रुपादेवी रोका मगरलाई सम्मान गरिएको थियो ।





