बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एमाले बागलुङको १० औं अधिबेशनको लोगो सार्वजनिक

एमाले बागलुङको १० औं अधिबेशनको लोगो सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • चैत्र २२ २०८०, बिहिबार

बागलुङ/नेकपा एमाले बागलुङको १० औं अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य इन्द्रलाल सापकोटा, सावित्रा राना, जिल्ला अध्यक्ष हिरा बहादुर केसी लगायतले पार्टी कार्यालयमा १० औं अधिवेशनको लोगो सार्वजनिक गरेका हुन् ।
कालीगण्डकीको तिरदेखि ढोरपाटनको शिरसम्मको प्रतिनिधित्व हुनेगरी चित्रांकन गरी लोगोमा समेटिएको छ । दश वटा गुराँसले घेरा हालेको जिल्लाको पहिचान र १० औं अधिबेशनको संकेतको रुपमा चित्रित गरिएको छ ।
जिल्लाका सबै पालिकामा राष्ट्रिय फुल लालिगुराँस पाईने भएकाले गुराँसकै घेरा तयार गरिएको पार्टी अध्यक्ष केसीले बताए । जिल्लाको नक्साको पृष्ठभुमीमा राष्ट्रिय झण्डा र नाउर तथा घोरलको चित्र अंकित छ ।
एमाले जिल्ला किमिटि सचिव बिष्णु भुसालका अनुसार प्रचार कमिटीले तयार गरेको लोगोमा जिल्लाको बस्तुगत अबस्थिती देखाईएको छ । दशौं जिल्ला अधिबेशन आगामि चैत २९ र ३० गते सदरमुकाम बागलुङ बजारमा हुँदै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->