बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

‘महासंघको सदस्यता टुंगो नलागी अधिवेसन नगर्नु’ युनियन

‘महासंघको सदस्यता टुंगो नलागी अधिवेसन नगर्नु’ युनियन


  • ढोरपाटन संवाददाता
  • चैत्र २२ २०८०, बिहिबार

बागलुङ/नेपाल प्रेस युनियनले सदस्यता टुंगो नलागी नेपाल पत्रकार महासंघले अधिवेसन घोषणा गरेकोमा आपत्ति जनाएको छ ।
महासंघले थालेको सदस्यता शुद्दिकरणमा युनियनले साथ दिने घोषणा गरिरहेको बेला महासंघले भने युनियनसंग सहकार्य नखोजेको आरोप समेत लगाएको छ । सदस्यता शुद्दिकरणका लागि परेका हजारौं उजुरीलाई पाखा लगाएर महाधिवेसन घोषणा गर्नु दुर्भाग्य भएको युनियनको आरोप छ ।
यो घटनाले पत्रकारहरुबीच तनाब सिर्जना हुने, महासंघको गरिमा घट्ने र विश्वास टुट्ने समेत युनियनले चेतावनी दिएको छ । पुराना सदस्य राखेर महाधिवेसन गर्ने महासंघको कल्पना कोरा हुने युनियनले ठहर गरेको छ ।
जसलाई कारवाही गरेर हटाइएको छ उनीहरु राखेर गरिने साधारणसभा कसरी संभव छ भन्ने प्रश्न उठाइएको छ । शुद्दिकरणको नाउँमा हटाइएका सदस्यहरुको बहुमत हुने अधिवेसनले कुनै निर्णय गरेमा त्यसको भागिदार महासंघ बन्नुपर्ने चेतावनी दिइएको छ ।
देशव्यापी युनियनले बिरोध गरिरहेको बेला बिहिबार बागलुङमा पनि महासंघलाई ज्ञापनपत्र बुझाइएको हो । युनियनका अध्यक्ष संगम घर्तीमगर सहितको टोलीले महासंघका सचिव बिजय रानालाई ज्ञापन बुझाएको हो । उक्त ज्ञापनपत्रको बोदार्थ युनियनले नेपाल पत्रकार महासंघको गण्डकी प्रदेश र केन्द्रीय समितिलाई पनि पठाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->