बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ज्येष्ठ नागकिरलाई वडामै विशेषज्ञसहितको स्वास्थ्य शिविर

ज्येष्ठ नागकिरलाई वडामै विशेषज्ञसहितको स्वास्थ्य शिविर


  • ढोरपाटन संवाददाता
  • चैत्र २४ २०८०, शनिबार

पोखरा/ ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल राख्दै पोखरा महानगरपालिका– १२ वडा कार्यालयले शनिवार निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविरमा बिरामी परिरहने ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले सेवा लिए । उक्त अवसरमा ३१२ जना लाभन्वित भएको वडाध्यक्ष सन्तोष बास्तोलले बताए ।

चिफ कन्सल्टेन्स फिजिसियन प्राडा.बुद्धिबहादुर थापा, डा. कृष्ण थापा, डा.हरिकृष्ण भण्डारी, डा. चुममाया पुन लगायतले बिरामीको स्वास्थ्य परीक्षण गरे । बिरामीको सुगर, प्रेसर, मृगौला र मुटुको परीक्षण गरिएको थियो । निशुल्क भिडियो एक्सरे र इसिजी परीक्षणसँगै सम्बन्धित रोगका विशेषज्ञ डाक्टरको परामर्श लिन पाएपछि ज्येष्ठ नागरिक खुशी देखिन्थे ।

वडाले गतवर्ष घरघरै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको थियो । घरमा पुग्दा सबै प्रकारका जाँच गर्न प्राविधिक समस्या हुने भएकाले वडामा विशेषज्ञ सेवासहितको शिविर सञ्चालन गरेको वडाध्यक्ष बास्तोलाले बताए ।

आगामी आर्थिक वर्षमा सामुदायीक विद्यालयमा आफ्ना छोराछोरी पढाउने हरेक परिवारको निशुल्क स्वास्थ्य विमा गरिदिने वडाध्यक्ष बास्तोलले उद्घोष गरे । ‘जतिपनि वडाका स्थायी बासिन्दा हुनुहुन्छ अथवा बसाँइसराइ लिएर आउनुभएको छ उहाँहरुले सामुदायीक विद्यालयमा गएर आफ्ना बालबच्चा पढाइदिनुभो भने हामीले निशुल्क स्वास्थ्य विमा गर्दिन्छौं’, उनले भने ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->