पोखरा/गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालमा लायन्स क्लबले शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद् र मानवकल्याणका क्षेत्रमा पु¥याएको योगदान अनुकरणीय रहेको बताएका छन्
पोखरामा शनिबार आयोजित लायन्स क्लब डिस्ट्रिक्ट ३२५ एम नेपालको दोस्रो महाधिवेशनका प्रमुख अतिथि भट्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा क्लबले पु¥याएको योगदानको चर्चा गर्दै त्यस्तो कार्य सरकारसहित सबैका लागि उदाहरणीय रहेको बताए ।
लायन्स क्लब अन्तर्राष्ट्रिय कोषबाट करिव २४ करोडको सहयोगमा रुवेलाको विरुद्धमा खोप, नेपालका दूरदराजमा गएर करिव २० वर्षसम्म आँखाका बिरामीहरु पहिचान गरी निःशुल्क शल्यक्रिया लगायतका सेवाहरु उपलब्ध गराएको कार्य प्रशंसनीय रहेको भट्टको भनाइ छ ।
लायन्सले नेपालमा २०७२ सालमा गएका महाभुकम्पमा क्षतिग्रस्त स्थानहरुमा पुगी ठूलो सहयोग गरी समाज सेवाको अनुकरणीय कार्य गरेको स्मरण पनि उनले गरे ।





