पोखरा/गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारीले आइतबार दावी गरेका छन । उनले एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) गरी ३१ सांसदको समर्थन रहेको भन्दै प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दावी गरेका हुन ।
अल्मपतमा परेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही चैत २१ मा राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले सोही दिन चैत २७ गते दिउँसो ३ बजेभित्र संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको आह्वान गरेका थिए ।
एमाले संसदीय दलका नेता खगराज अधिकारी, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजिव गुरुङको हस्ताक्षरसहित अधिकारीलाई गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त गरियोस् भन्ने अनुरोधसहित दावी पेश गरिएको हो ।
गत फागुन २३ मा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे अल्पमतमा परेका थिए । अल्पमतमा परेको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेमा मुख्यमन्त्री पाण्डेले त्यसको फेस नगरी एक दिन अगावै राजीनामा दिएका थिए ।







