बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

३१ जनाको सनाखत देखाउन मुख्यमन्त्रीको चुनौती

३१ जनाको सनाखत देखाउन मुख्यमन्त्रीको चुनौती


  • ढोरपाटन संवाददाता
  • चैत्र २५ २०८०, आइतबार

पोखरा/गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमाले माओवादी गठबन्धनलाई ३१ जना सांसदको सनाखत गराएर देखाउन चुनौती दिएका छन । यो गठबन्धनबाट एमालेका खगराज अधिकारीलाई मुख्यमन्त्रीमा अगाडि बढाउँदै आइतबार बिहान प्रदेश प्रमुख समक्ष दाबी पेश गरिएको छ ।

तर, यो दाबी असंवैधानिक रहेको पाण्डेको दाबी छ । किनभने माओवादीले सभामुखलाई पनि आफ्नो सांसद भनेर गणना गरेको छ । ‘सभामुख सहित त दाबी गर्नैै पाइँदैन । सभामुखको पदमा रहँदा संख्या गणना गर्न पाइँदैन भन्ने कुरा त कोसीको घटनामा सर्वोच्चले नजिर देखाएको छ । त्यसैले यो संवैधानिक हुँदै होइन । यो गैह्र संवैधानिक छ । दलका नेताले मात्र हस्ताक्षर गरेर हुँदैन । स्वयं सांसदको हस्ताक्षर पनि बुझाउनुपर्छ

। त्यो नबुझाउने कारण के हो भने उहाँहरुले ३१ सांसदको हस्ताक्षर बुझाउन सक्ने अवस्था छैन ।’ उनले भने ।
गैरसंवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त गरे स्विकार नगर्ने र कानुनी प्रक्रियमा जाने उनले बताए ।

गण्डकी प्रदेशसभामा एमाले प्रमुख सचेतक गोविन्द नेपालीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दलहरुले आफ्नो संख्यामात्र उल्लेख गरिएको बताए । ‘अहिले हामीले सांसदको हस्ताक्षर गरेका छैनौ’ उनले भने, ‘ अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएपछि एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । त्यतिबेला भने हस्ताक्षर पुराउनु पर्छ ।’

माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले निर्वाचनमा आयोगमा कुन दलका कति सांसद भन्ने विवरण प्रदेश प्रमुखलाई बुझाइएको र अहिले संसदीय दलका नेतालेमात्र हस्ताक्षर गरिएको बताए । ‘कोशीमा सभामुखको हस्ताक्षर बुझाइएको थियो, यहाँ त्यस्तो अवस्था छैन’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->