बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

गण्डकीको मुख्यमन्त्रीमा एमाले नेता अधिकारी नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा एमाले नेता अधिकारी नियुक्त


  • ढोरपाटन संवाददाता
  • चैत्र २५ २०८०, आइतबार

पोखरा/ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त भएका छन । उनले एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सहित ३१ सांसदको समर्थन रहेको भन्दै प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष आइतबार नै मुख्यमन्त्रीमा नियुक्तिका लागि दावी पेश गरेका थिए ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन । अल्मपतमा परेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही चैत २१ मा राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले सोही दिन चैत २७ गते दिउँसो ३ बजेभित्र संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको आह्वान गरेका थिए ।

एमाले संसदीय दलका नेता खगराज अधिकारी, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजिव गुरुङको हस्ताक्षरसहित अधिकारीलाई गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त गरियोस् भन्ने अनुरोधसहित आइतबार दावी पेश गरिएको थियो ।

गण्डकी प्रदेशसभामा एमाले प्रमुख सचेतक गोबिन्दबहादुर नेपालीले अधिकारी मुख्यमन्त्रीमा नियुक्त भइसकेको जानकारी दिए । आजै ३ बजे अधिकारीले सपथ लिने तयारी भइरहेको उनले जनाए । ‘सानो आकारको मन्त्रीमण्डल आजै बन्ने छ’ उनले भने, ‘३ सदस्यीय मन्त्रीमण्डल बन्ने संभावना छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->