शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

अमेरिकामा हिन्दु–बुद्ध मन्दिर बनाउन म्याग्देलीले गरे पौने ७ करोड सहयोग

अमेरिकामा हिन्दु–बुद्ध मन्दिर बनाउन म्याग्देलीले गरे पौने ७ करोड सहयोग


  • हरिकृष्ण गौतम
  • चैत्र २७ २०८०, मंगलबार

म्याग्दी/अमेरिकाको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा आयोजित मेरिल्याण्ड आध्यात्मिक महोत्सव तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा त्यहाँ रहेका नेपालीले झण्डै २० लाख डलर सहयोग (दान) गरेका छन् ।
गत मार्च ३० देखि अप्रिल ६ सम्म आयोजना गरिएको उक्त महायज्ञमा वाल्टिमोरका युवा व्यवसायी म्याग्दीका कृष घिमिरे, अम्मर छन्त्याल,जगत घिमिरे,सुदर्शन पौडेल, सबी थापा, लगाएतका ६६ जनाले मन खोलेर सहयोग गरेका छन् । म्याग्देलीले ५ लाख डलरभन्दा बढी सहयोग गरेको यूवा सुर्दशन पौडेलले बताए ।
अमेरिकामा रहेका नेपालीहरुमा आध्यात्मिक भाव विकसित गर्नुका साथै आफ्नो धर्म,संस्कृति र परम्परासँग आफ्ना सन्ततिहरुलाई परिचित गराउने उद्धेश्यले आयोजन गरिएको उक्त महायज्ञमा रोजगार,व्यवसाय,अध्ययन वा विभिन्न प्रयोजनका लागि अमेरिकाको मेरिल्याण्डमा रहेका म्याग्देलीहरुको उपस्थिति रहेको थियो ।
मेरिल्याण्ड आध्यात्मिक महोत्सव तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा अमेरिकाको बाल्टिमोरमा व्यवसाय गर्दै आएका म्याग्दीको बेनी नगरपालिका २ का कृस घिमिरेले एक लाख ५० हजार डलर सहयोग (दान) गर्ने प्रतीबद्धता जनाएका छन् ।
हिन्दू बुद्ध मन्दिरका वरिष्ठ उपाध्यक्ष समेत रहेका घिमिरेले यस अघि पनि उक्त मन्दिरलाई ५० हजार डलर सहयोग गरेकोमा अहिले एक लाख डलर थपेर १ लाख ५० हजार डलर पु¥याएका छन् । घिमिरे दोस्रो ठूलो रकम दान गर्ने दानविर बनेका छन् ।
त्यसैगरी म्याग्देली समूहका जगत घिमिरे र सुदर्शन पौडेल लगायतको समूहले पनि महायज्ञमा २ लाख ३० हजार डलर सहयोग (दान) गरेका वाल्टिमोरबाट जगत घिमिरेले बताए । त्यसै गरी त्यहाँबाट सुदर्शन पौडेलले दिएको जानकारी अनुसार मेरिल्याण्डमा रहेका म्याग्देलीहरुबाट गरी पाँच लाख डलर संकलन भएको छ ।
यसअघि पनि मन्दिरका लागि कृष घिमिरे,जगत घिमिरे,सुदर्शन पौडेल,कृष्ण केसी, नरेश केसी लगाएत म्याग्देली युवाहरुले दुई लाख डलर भन्दा बढी सहयोग गरिसेका छन् ।
म्याग्देली समाजका अध्यक्ष कृष्ण केसीले विदेशी भूमिमा व्यस्त जीवनशैलीका बिच आयोजित महायज्ञ तथा धार्मिक महोत्सव २०८० मा म्याग्देली युवाहरुबाट अभूतपूर्व सहयोग प्राप्त भएको बताए । म्याग्देली युवाहरु पार्किङ व्यवस्थापन गर्नेदेखि लिएर हरेक दिन सम्पूर्ण कार्यमा स्वयंसेवीको भूमिका निर्वाहा गरेर महायज्ञ सफल बनाउन ठूलो सहयोग गरेको समाजसेवी सबी थापाले बताइन् ।
त्यसैगरी हिन्दु बुद्ध मन्दिरका अध्यक्ष डा. श्याम कार्कीले १ लाख २१ हजार डलर दानको अतिरिक्त कालान्तरमा १० लाख डलर थप्ने प्रतिबद्धता जनाएका थिए । त्यसैगरी म्याग्दीकै समाजसेवी नरेश केसीले मन्दिर निर्माणको लागि महायज्ञको पहिलो दिन नै ७० हजार डलर चन्दा दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->