बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ताराखोलाको गुराँसेबाट लागेको डढेलो सिरुबारेसम्म फैलियो (तस्बिरसहित)

ताराखोलाको गुराँसेबाट लागेको डढेलो सिरुबारेसम्म फैलियो (तस्बिरसहित)


  • ढोरपाटन संवाददाता
  • चैत्र २७ २०८०, मंगलबार

तस्बिर : जगिन्द्र विक/ताराखोला
बागलुङ/बागलुङको ताराखोला गाउँपालिका–२ सिलेको गुराँसे वनबाट शुरु भएको डढेलो सिरुबारेसम्म फैलिएको छ । गत शुक्रबारदेखि लागेको डढेलो नियन्त्रण बाहिर जाँदा फैलिएर सिरुबारेको जंगलसम्म पुगेको हो ।
वनमा लागेको डढेलो बस्तीसम्म फैलिँदा सोमबार नरबहादुर परियारको खरको घरगोठ, हरिलाल परियारको खरको घरगोठ, अमृत परियारको २ गोठ, ईश्वरा परियारको ढुंगाको घर र खरको गोठ, यामबहादुर परियारको खरको गोठ, फुलकुमारी परियारको खरको घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष भद्रबहादुर घर्तीले जानकारी दिए ।
अर्गल सिलेको गुराँसेमा भएको आगलागीबाट घरमा रहेका सबै सामग्री जलेर नष्ट भएका छन् भने दुहुना भैंसी, बाख्रा गरी १० वटा जलेर मरेको स्थानीय दुर्गाबहादुर रोकाले जानकारी दिए । डेढेलो नियन्त्रण बाहिर गएकाले थप क्षति हुन नदिन काठेखोला गाउँपालिकाको घोडाबाँधेस्थित श्री मेहर गणका सेनाको सहायतामा प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीको सहकार्यमा अग्नीरेखा कोर्ने काम शुरु गरिएको ताराखोलाका प्रशासकिय अधिकृत प्रकाश गैरेले जानकारी दिए ।
डढेलोबाट जंगलमा भएको रुख, जीव जनावर, बहुमुल्य जडिबुटी मासिएका छन् । विभिन्न कारणले जंगलमा आगलागी हुने गरेपनि कतिपयले जानीजानी आगो लगाइदिने गरेको देखिन्छ । डिभिजन वन कार्यालयले प्रहरी, सामुदायिक वनका उपभोत्ता समिति, स्थानीय लगायतको समन्वयमा आगलागनी हुन नदिन जनचेतना र आगलागी भए नियन्त्रणबारे कार्यक्रम गर्दै आएपनि वर्षेनि वनजंगल डढेलोबाट नराम्ररी प्रभावित हुने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->