बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एमाले बागलुङको १०औं जिल्ला अधिवेशन आजबाट, उपाध्यक्ष पौडेलले उद्घाटन गर्ने

एमाले बागलुङको १०औं जिल्ला अधिवेशन आजबाट, उपाध्यक्ष पौडेलले उद्घाटन गर्ने


  • ढोरपाटन संवाददाता
  • चैत्र २९ २०८०, बिहिबार

बागलुङ / नेकपा एमाले बागलुङको १० औं जिल्ला अधिवेशन आजबाट सुरु हुदैछ । अधिवेशनको उद्घाटन पार्टीका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेलले गर्ने भएका छन् ।

जिल्ला अध्यक्ष हिरा केसीले अधिवेशनको सवै तयारी पुरा भएको र अधिवेशनको उद्घाटन उपाध्यक्ष पौडेलले गर्ने बताए । अधिवेशनका लागि जिल्लाभरबाट चुनिएका ६३७ प्रतिनिधी आइसकेको छन् ।

अधिवेशनमा नेतृत्व लिन जिल्ला नेताहरुको दौडधुप जारी छ । नेतृत्व लिन वर्तमान अध्यक्ष हिरा वहादुर केसी, सचिव विष्णु भुसाल, पूर्व अध्यक्ष जनक पौडेल र प्रदेश कमिटीका पूर्व सदस्य हरिनारायण गौतम आकांक्षी देखिएका छन् । उनीहरुको विचबाट जिल्ला नेतृत्व सर्वसम्मत बनाउन केन्द्रिय नेताहरुले छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->