आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

नेकपा एमाले बागलुङको अध्यक्षमा हिरा केसी सर्वसम्मत

नेकपा एमाले बागलुङको अध्यक्षमा हिरा केसी सर्वसम्मत


  • ढोरपाटन संवाददाता
  • चैत्र ३० २०८०, शुक्रबार

बागलुङ/ नेकपा एमाले बागलुङको अध्यक्षमा हिराबहादुर केसी सर्वसम्मत चयन भएका छन् । बागलुङ बजारमा जारी दाशौं अधिबेशनबाट केसी दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । अध्यक्षमा उमेद्वारी दर्ता गरेका नेकपा एमाले गण्डकी प्रदेश कमिटिका पस्र्व सदस्य हरिनारायण गौतमले उमेद्वारी फिर्ता लिएपछि केसी सर्वसम्मत अध्यक्ष भएका हुन् ।
उपाध्यक्षमा बिष्णु भुसालको मात्रै उमेद्वारी परेको थियो । यसअघि उनी जिल्ला सचिव थिए । उपसचिवमा पनि सर्वसम्मत धन बहादुर परियार र करमती पुन चयन भएका छन् । उनीहरु दुई जनाको मात्रै उमेद्वारी परेको थियो । सचिवमा गणेश थापा, चन्द्र गणेश लगायतको उमेद्वारी परेको छ । सर्वसम्मत पदाधिकारी चयनको प्रयास भैरहेकाले सचिवमा उमेद्वार दिएकाहरुले समेत फिर्ता लिने एक नेताले बताए । सदस्यहरुमा पनि सर्वसम्मत प्रयास भैरहेको छ । निर्वाचन समितिले आधिकारीक रुपमा घोषणा भने गरेको छैन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->