बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

राज्यले वातावरण बनाए नीजि क्षेत्र लगानी गर्न तयार : ढकाल

राज्यले वातावरण बनाए नीजि क्षेत्र लगानी गर्न तयार : ढकाल


  • ढोरपाटन संवाददाता
  • बैशाख ४ २०८१, मंगलबार

बागलुङ/नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रर्वद्धनमा नीजि क्षेत्रले लगानी गर्न तयार रहेको बताएका छन् । त्यसका लागि राज्यले लगानीको सुरक्षा गरिदिनुपर्ने धारणा राखे ।
बागलुङ कालीका भगवत गुठी व्यवस्थापन समितिले आयोजना गरेको चैतेदशै मेलाको मंगलबार उद्घाटन गर्दै ढकालले युवा रोजगारी बढाउने पर्यटक भित्राउने र लगानी बढाउने काममा महासंघ र उद्योगीले राज्यलाई साथ दिने बताए ।
उनले बागलुङकै भकुण्डे र भैरवस्थानलाई पनि केवलकारले जोड्न सकेमा बागलुङको पर्यटन प्रवद्र्धन हुने बताए । ‘अब कालीका मन्दिर आएका पर्यटक, पञ्चकोट, भकुण्डे र भैरवस्थान जानुपर्छ’ ढकालले भने, ‘त्यसका लागि हामीले प्याकेज दिन सक्नुपर्छ ।’ राज्यले वातावरण बनाएमा नीजि क्षेत्र लगानी गर्न तयार रहेको पनि उनले बताए ।
कार्यक्रममा गण्डकी प्रदेशकी कानून समितिकी सदस्य चम्पादेवी खड्काले बागलुङ कालीकाको महत्वलाई चैतेदशैमा आएका पर्यटकबाट तुलना गर्नुपर्ने बताइन् ।
समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षता, उपाध्यक्ष निसान खड्काको संचालन र बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काको स्वागतमा सम्पन्न कार्यक्रममा एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसीले पनि शुभकामना दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->