बागलुङ/चैत्राष्टमी मेलाको अवसरमा कालिका भगवती व्यवस्थापन समितिले पत्रकारद्व सिर्जना पन्त र तारा प्रसाद शर्मा ‘स्टार’ लाई कालिका पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
पन्त जागरण दैनिककी सह–सम्पादक र शर्मा धौलागिरि एफएमका सम्पादक हुन् ।
उनीहरुलाई नगद जनही ५ हजारसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । चैत्राष्टमी मेलाको उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल र गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले कालिका पत्रकारिता पुरस्कार प्रदान गरेका थिए ।
दुवै जना लामो समयदेखि पत्रकारितामा सक्रिय छन् । शर्मा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको सदस्य हुन भने पन्त मानवअधिकारको क्षेत्रमा समेत क्रियाशिल छिन् । पन्त इन्सेकको बागलुङ प्रतिनिधि हुन् ।
कार्यक्रममा काष्ठ कला मार्फत कालिका मन्दिरको प्रचारमा योगदान पुर्याएको भन्दै कलाकारहरु ठाकुरजंग राजभण्डारी, प्रकाश नेपाली र भिमबहादुर विश्वकर्मालाई पनि पुरस्कृत गरिएको थियो ।






