बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सुकल्प कास्कीको स्वास्थ्य शिविर, २५७ जनाले लिए सेवा

सुकल्प कास्कीको स्वास्थ्य शिविर, २५७ जनाले लिए सेवा


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०८१, शनिबार

पोखरा / सुवेदी कल्याण प्रतिष्ठान जिल्ला समिति कास्कीले आयोजना गरेको एकदिने निशुल्क आँखा तथा स्वास्थ्य शिविरमा २ सय ५७ जनाले स्वास्थ्य सेवा लिएका छन ।

कास्कीको रुपा गाउँपालिका–७ रामकोटमा शुक्रबार शिविर सम्पन्न भएको थियो । शिविरमा आँखा जाँचका साथै रक्त परीक्षण पनि गरिएको थियो ।

उक्त अवसरमा १० जनामा मोतियाबिन्दु देखिएको र शल्यक्रियाका लागि सिफारिश गरिएको सुकल्प कास्कीका अध्यक्ष डा.अनिल सुवेदीले बताए । साथै १ सय ३० जनालाई चश्मा र १ सय ७५ जनालाई आँखाको औषधी वितरण गरिएको थियो ।

शिविरमा हिमालय आँखा अस्पताल, पोखरा र पश्चिमाञ्चल डाइग्नोस्टिक सेन्टरको प्राविधिक सहयोग, आई केयर फाउन्डेशनको आर्थिक सहयोग, रुपा गाँउपालिका वडा नं ७ को स्थानीय व्यवस्थापन र रुपा गाउँपालिका हंशपुर स्वास्थ्य चौकीका स्वास्थ्य कर्मचारीको सहयोग रहेको थियो ।

उक्त अवसरमा सुकल्प कास्कीले १०३ वर्षीया कुन्तादेवी सुबेदीलगायत ८० वर्षभन्दा माथिका १२ जना ज्येष्ठ नागरिकलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->