बागलुङ/‘अपांग मात्र नभई सांग नागरिकका लागि पनि पहुँचयुक्त भौतिक संरचना बनाउनु पर्छ भनेर वकालत गर्न थालेको २० बर्ष भयो तर एक बर्ष अघि बनेका भवन पनि पहुँचयुक्त छैनन् । अझै वकालत गर्न भने छाडेका छैनौ ।’
राष्ट्रिय अपांग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज सुवेदीले यो तितो यथार्थ एउटा सार्वजनिक कार्यक्रममा राखे । उनले आफ्नो जीवनभर अझैपनि पहुँचयुक्त संरचनाको आबाज उठाइरहने बताए । तरपनि भनेजस्तै संरचना बन्छन् भन्नेमा उनी विश्वस्त छैनन् । उनले श्रोत नभएर भन्ने धेरै स्थानमा जवाफ पाएको समेत बताए । तर नेपाल सरकारको निर्देशिका र नीति तथा कार्यक्रम र बजेटमा समेत हरेक संरचनामा अपांगता भएका सबै नागरिकको पहुँच पुग्ने मात्र नभइ जेष्ठ नागरिक बालबालिका र अन्य असक्तका लागि पनि पहुँच पुग्नुपर्ने हुनुपर्छ भन्ने मान्यता छ ।
आइएनएफ, इन्सेक लगायतका संस्थाको अगुवाईमा बागलुङका जनप्रतिनिधि, प्राविधिक, प्रशासनका कर्मचारी र सरोकारवालाबीच आयोजित ‘पहुँचयुक्त भौतिक पूर्वाधार विकास’ कार्यक्रममा सुवेदीले बिहिबार प्रस्तुतीकरण गरेका थिए । उनले कानूनमा भएका कुराहरु मानव जीवनमा प्रयोगमा नआएको बताए । आम नागरिकको बुझाइमा समेत पहुँचयुक्त संरचना बनाउनुपर्ने सोच नआएको बताए ।
‘पाँच तले भवनको भ¥याङ नराखेको भए के हुन्थ्यो ?’ उनले प्रश्न समेत गरे । नक्सा बनाउने इन्जिनियरलाई भ¥याङ चाहिन्छ भन्ने विचार आयो, त्यसैले राखे । तर त्यो भवन अपांगता भएका नागरिक, जेष्ठ नागरिक र बालबालिकाले पनि प्रयोग गर्छन् भन्ने हेक्का प्राविधिकमा नभएको टिप्पणी गरे । भ¥र्याङ मात्रै प्रयोग गरिएको, ¥याम्प नराखिएको कुरा मात्र नभई कार्यालय प्रमुख भुइ तलामा नबस्ने, माथिल्लो तलामा सभाहल राख्ने जस्ता डिजाइनबाट अति आवस्यक काममा सबैको पहुँच विस्तार नभएको उनको धारणा थियो ।
योजना तर्जुमा गर्ने बेलामा जनप्रतिनिधि, प्राविधिक र सरोकारवालाको ध्यानाकर्षण गर्न सकेमा आगामी दिनमा बन्ने संरचनामा पहुँचको पहल हुने आसले अभिमूखीकरण राखिएको आइएनएफका प्रतिनिधि ताराहाङ कावा लिम्बुले बताए । उनले हाम्रा अधिकांस संचरना मात्र नभए सामाजिक विकासका कार्यक्रममा पनि सबै क्षेत्रको सहभागिताको विश्वास नगरिएको टिप्पणी गरे ।
अभिमूखीकरण उद्घाटन गर्दै गण्डकी प्रदेशसभाका सदस्य डिल्लीराम सुवेदीले सहश्राब्दी विकास लक्ष्य पुरा गर्नेदेखि समुन्नत समाज निर्माण गर्ने काममा सबैको पहुँचयुक्त विकासका मोडल बनाउनै पर्ने बाध्यता रहेको बताए । उनले हरेक प्राविधिक, हरेक जनप्रतिनिधि र हरेक कर्मचारीले पहिलो चरणमा लक्षका सूचक जान्न र कार्यान्वयनमा ल्याउनुपर्ने बताए । ‘सबै नागरिकको न्यायका लागि पनि यी बिषयमा गम्भिर बन्नैपर्छ’ सुवेदीले भने, ‘अब सहानुभूतिको विकास गरेर हुँदैन, समानुभूतिको विकास आवस्यक छ ।’
आइएनएफका कार्यक्रम निर्देशक दिपक तिमिल्सीनाको अध्यक्षता, गिरिधारी सुवेदीको संचालन र अपांग महासंघ गण्डकीका सचिव टिकाराम शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुन, जिल्ला समन्वय समितिका उपप्रमुख होमनाथ शर्मा, सहायक प्रजिअ चित्राङगत बराल, इन्सेक गण्डकीका संयोजक शिव खकुरेल, अपांगता भएकाहरु विकल थापा लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा अपांग महासंघ गण्डकीका अध्यक्ष खोमराज सुवेदीले ‘पहुँचयुक्त भौतिक पूर्वाधार विकास’ विषयक कार्यपत्र प्रस्तुतीकरण गरेका थिए ।





