बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सेवानिवृत्त समाजद्वारा किसानलाई तालिम

सेवानिवृत्त समाजद्वारा किसानलाई तालिम


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०८१, शुक्रबार

नवलपुर/सेवानिवृत्त राष्ट्रसेवक समाज नवलपुरले कृषकका लागि एकदिने तालिम प्रदान गरेको छ ।
कृषकलाई आफूले लगाउने खेती र पालिने पशुपंक्षीबाट बढी लाभ दिलाउने उद्देश्यले आयोजित सो तालिममा ३० जना कृषकको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष डा. नरनाथ पाण्डेले जानकारी दिए ।
तालिममा कार्यसमितिका सदस्य तथा पशु स्वास्थ्य विज्ञ महेन्द्रप्रसाद भण्डारी र कृषि विज्ञ आजीवन सदस्य राजेन्द्र गौंडेलले सहजीकरण गरेका सचिव मदनप्रसाद अर्यालले जानकारी दिए ।
कार्यक्रम तथा समाजकी उपाध्यक्ष शान्ता केसीका अनुसार नेपालका सरकारी तथा संस्थान जस्ता निकायमा कार्य गरी निजामती, जंगी, प्रहरी, स्थानीय निकाय, सरकारी स्वामित्व भएका सार्वजनिक विद्यालय तथा विश्वविद्यालय, बैंक, संस्थान, स्वास्थ्य, न्याय जस्ता आदि क्षेत्रहरूबाट सेवानिवृत्त भई सरकारी कोषबाट पेन्सन सुविधा लिइरहेका व्यक्तिहरुको साझा संगठन सेवानिवृत्त राष्ट्रसेवक समाज नवलपुर हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->