बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गोलकोत कोतघर जीर्णोद्वार गरिदै

गोलकोत कोतघर जीर्णोद्वार गरिदै


  • ढोरपाटन संवाददाता
  • बैशाख १५ २०८१, शनिबार

तस्बिर : थम्मन थापा/गलकोट
बागलुङ/गलकोट नगरपालिका ३ मा रहेको ऐतिहासिक तथा धार्मिक पर्यटकीय गन्तव्य गोलकोत कोतघरको जीर्णाेद्वार गरिने भएको छ । नेपाली सेनाको सहयोगमा कोतघरको जीर्णोद्वार तथा मर्मत सम्भार गर्न लागिएको हो ।
कोतघरमा रहेका पुराना हात हतियारको संरक्षणसँगै सम्वद्र्वन गरी पर्यटन प्रर्वद्वन गर्न जिर्णोद्वार गर्न लागिएको गलकोट नगरपालिका ३ का वडाध्यक्ष फम बहादुर खत्रीले जानकारी दिए । खत्रीका अनुसार नेपाली सेनाको बजेटमा स्थानीय जनश्रमदानसहित झण्डै १५ लाखको लागतमा कोतघर जिर्णोद्वार गरिने छ ।
कोतघर जिर्ण बन्दै गएकोले त्यसको संरक्षण गर्ने उद्येश्यले जीर्णोद्वार गर्न लागिएको गोलकोत मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्त बहादुर खत्रीले बताए ।
सेनाको द्रुत प्रभाव परियोजना जनहित कार्यक्रमअन्तर्गत गलकोट नगरपालिकाले तयार गरेको प्राविधिक स्टिमेट अनुसार ९ लाखको लागतमा जीर्णोद्वार कार्य गरिने श्री मेहर गण घोडाबाँधे बागलुङका प्रमुख सेनानी धन रानाले जानकारी दिए ।
कोतघरमा जिर्णोद्वार तथा मर्मत सम्भारमा राख्न आवश्यक पर्ने सामाग्रीका लागि वडा कार्यालय र गोलकोत मन्दिर व्यवस्थापन समितिसँग आवश्यक समन्वय गरिने श्री मेहर गण बागलुङका क्याप्टेन दुर्गा बहादुर थापाले बताए ।
गोलकोत कोतघर घुम्न आउने पर्यटकलाई सहजै जानकारी दिने उद्देश्यले कोतघरमा हतियारका साथै बाईसेचौबिसे राज्यका पालामा पुर्खाले लड्दा प्रयोग भएका सामग्री राखिने छ । जिर्णोद्वारको काम वैशाख अन्तिम सातादेखि शुभारम्भ गरिने छ । नागरिक–सैनिक सम्बन्ध सुदृढ गर्न र जनताको आवश्यकतामा प्रत्यक्ष सहयोग गर्न नेपाली सेनाले समय समयमा यस्ता कार्यहरु सञ्चालन गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->