बागलुङ/चैतेदशैंमा बागलुङ कालिका मन्दिरमा ४० लाखभन्दा बढी भेटी संकलन भएको छ । चैतेदशैंको नवरात्रमा मन्दिरमा ४० लाख ७२ हजार ५ सय ५८ रुपैयाँ भेटी संकलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।
गत वर्षको चैतेदशैंमा मन्दिरमा ५१ लाख भेटी संकलन भएको थियो । भक्तजनहरुले चढाएको भेटी, नगद सहयोग, बलिबाट उक्त रकम संकलन भएको हो । ‘यसवर्ष बलि कम चढ्दा भेटी संकलन गत वर्षभन्दा कम भयो’ खड्काले भने, ‘मन्दिरको दर्शन गर्ने भक्तजनको संख्या भने बढ्यो ।’ चैतेदशैंमा ५ लाखभन्दा बढीले मन्दिरको दर्शन गरेको खड्काले दाबी गरे ।





