बागलुङ/बराह ताल परिसरमा चौथो बोर्ड बैठक सम्पन्न गर्दै जेसीज बागलुङले ‘जेसीज गाउँ’ भकुण्डेका बिभिन्न स्थानमा फोहोर संकलनका लागि डस्विन बितरण गरेको छ ।
पर्यटन प्रवद्र्धनका लागि पैदलयात्रासहित चौतारेडाँडा मावि, भैरव मावि, स्वास्थ्यचौकी, वडा कार्यालय, स्मृति पार्क, बराह तालका लागि १७ वटा फोहोर संकलन गर्ने डस्विन बितरण गरिएको हो । साथै, स्थानीय युवालाई जेसीजका बारेमा जानकारी गराइएको थियो ।
सो अवसरमा किरण बोहोरा संयोजक, नविन थापा, गोपाल बोहोरा, अमिर बोहोरा र नविन बोहोरा सदस्य रहेको ५ सदस्यीय जेसीज गाउँ समन्वय समिति पनि गठन गरिएको बागलुङ जेसीजका महासचिव ताराप्रसाद शर्माले जानकारी दिए ।
भैरव मावि व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर थापा, चौतारेडाँडा मावि व्यवस्थापन समितिका अध्यक्ष रविलाल किसान, लायन्स क्लब अफ ब्लुसिपका संस्थापक अध्यक्ष इन्द्र थापा, विद्यालयका पूर्व प्रधानाध्यापक रेशमलाल शर्मा, टोल व्यवस्थापन समितिका संयोजक निरबहादुर थापाले कार्यक्रममा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा बागलुङ जेसीजका पूर्व अध्यक्ष सुदिप राजभण्डारी, वर्तमान अध्यक्ष गणेश महतो, उपाध्यक्ष बलराम कँडेलले सहजिकरण गरेको कार्यक्रम अमर थापाको स्वागत र महासचिव ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।





