बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

धौलागिरि अस्प्तालका मेसुमाथि हातपातको प्रयास गर्ने श्रेष्ठ प्रहरी नियन्त्रणमा

धौलागिरि अस्प्तालका मेसुमाथि हातपातको प्रयास गर्ने श्रेष्ठ प्रहरी नियन्त्रणमा


  • ढोरपाटन संवाददाता
  • बैशाख १६ २०८१, आइतबार
oppo_1026

बागलुङ/धौलागिरी अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. रवि रञ्जन प्रधानमाथी हातपातको प्रयास गर्ने अस्पताल व्यवस्थापन समितिका सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
डा. प्रधानले दिएको निवेदनका आधारमा प्रहरीले अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्णशंकर श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
आइतबार दिउँसो सामान्य सोधपुछका लागि भन्दै श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय ल्याईएको प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए । ‘सामान्य सोधपुछका लागि बोलाईएको हो, मुद्धा दर्ता भैसकेको छैन्, प्रक्रियामा छ’ प्रहरी नायव उपरीक्षक विजय यादवले भने । श्रेष्ठले अस्पतालमा भैरहेको अनौपचारिक छलफलकै क्रममा डा. प्रधानमाथी गाली गर्दै हातपातको प्रयास गरेका थिए ।
श्रेष्ठले भने बिना पक्राउ पुर्जी आफुलाई जिल्ला प्रहरी कार्यालय ल्याएको प्रतिक्रिया दिएका छन् ।

गत बिहिबार दिउँसो कार्यकक्षमै श्रेष्ठले आफुमाथि गालीबेइज्जत, दुव्र्यवहार, जोरजुलुम गर्ने, धम्काउने तथा कुटपीटको प्रयास गरेको भन्दै डा. प्रधानले कारवाहीको माग गर्दै जिल्ला प्रशासनमा उजुरी दिएका थिए । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ तथा प्रचलित कानुन बमोजिम निजलाई अबिलम्व कानुनी कारवाही गर्न डा. प्रधानले प्रशासनसमक्ष माग गरेका थिए ।

मेसु प्रधान र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद पौडेलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गत फागुन ३ गते बिहिबार श्रेष्ठले पत्रकार सम्मेलनमार्फत रोस प्रकट गरेका थिए ।
अस्पताललाई नर्सिङ तथा मेडिकल कलेजको रुपमा विकास गर्न गरिएका निर्णयलाई कार्यान्वयन गर्न बेवास्ता गरेको, अस्पतालबाट उत्पादन हुने फोहोर व्यवस्थापनका लागि परियोजना कार्यान्वयन नगरिएको, अस्पतालका लागि आवश्यक औषधि, सर्जिकल सामग्री खरिद, सरसफाई र सामाजिक सुरक्षा इकाई कार्यक्रमका लागि प्रक्रिया नपु¥याई मेसु र अध्यक्षले मिलेमतोमा कार्य गरेको श्रेष्ठले दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->