बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

चटकी राजनीतिलाई जनताले अस्वीकार गरे : एमाले सचिव विष्ट

चटकी राजनीतिलाई जनताले अस्वीकार गरे : एमाले सचिव विष्ट


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०८१, बुधबार

बागलुङ/नेकपा एमाले जिल्ला कटिमी बागलुङको १० औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा चयन भएका पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका छन् । जिल्ला अधिवेशनले पाँच पदाधिकारीसहित सबै सदस्य सर्वसम्मत रुपमा चयन गरेको थियो ।
अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर पार्टी अध्यक्ष हिराबहादुर केसीले पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । कार्यक्रममा सम्बोधन गर्दै पार्टीका केन्द्रिय सचिव गोकर्ण विष्टले एमाले पार्टी जनताको रोजाईको पहिलो पार्टी भएको बलियो आधार इलाम र बझाङको उपनिर्वाचनले सन्देश दिएको बताए ।


‘इलाम र बझाङको उपनिर्वाचनले एमाले एकमात्र सही पार्टी हो भन्ने सन्देश दिएको छ’ विष्टले भने, ‘पार्टीको मिसन ८४ लाई सफल बन्छ भन्ने उपनिर्वाचनले पुष्टि गरेको छ ।’ नेपालको राजनीतिक वृत्तमा देखिएको चटके राजनीतिलाई उपनिर्वाचनमार्फत जनताले अस्वीकार गरेको विष्टले दाबी गरे । राष्ट्रिय स्वतन्त्र पार्टी र जातिय पार्टीप्रति लक्षित गर्दै विष्टले भने, ‘पछिल्लो समय देखापरेका विचारविहिन राजनीतिक दललाई जनताले बहिष्कार गरेका छन् ।’ एमालेलाई देशको पहिलो राजनीतिक शक्ति हुनबाट कसैले रोक्न नसक्ने दाबी गर्दै विष्टले पार्टीलाई थप शक्तिशाली बनाउन नेता कार्यकर्तालाई एकजुट हुन आग्रह गरेका छन् ।
संगठनात्मक प्रणालीका आधारमा पार्टीलाई संचालन गर्न आग्रह गर्दै विष्टले पार्टीमा बेला बेला उत्पन्न हुने अराजकतालाई बहसमार्फत परास्त गर्नुपर्नेमा जोड दिए । चंगा मनले काम गर्नेगरी कार्यविभाजन गर्दा पार्टी थप सुदृढ हुने विष्टको भनाई थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->