बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

डाँडाखेतमा आगलागीले चार घरगोठ जले, घरधनी बेहोस्

डाँडाखेतमा आगलागीले चार घरगोठ जले, घरधनी बेहोस्


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०८१, बुधबार

तस्बिर बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काको फेसबुक पेजबाट

बागलुङ/ बागलुङको बलेवामा जंगलबाट लागेको आगो बस्तिमा पसेपछि चार घरगोठ जलेका छन् । बागलुङ नगरपालिका, १२ अमलाचौरको डाँडाखेतमा आगलागी हुँदा दुई घर र दुई गोठ पूर्ण रुपमा जलेका हुन् । जैमिनी नगरपालिका, १ कुश्मीशेराको टुनिवोट जंगलबाट सुरु भएको आगो डाँडाखेत बस्तिमा प्रबेश गरेको थियो ।

आगलागिले स्थानीय ददिराम पौडेल र यदुनाथ पौडेलको घर गोठ दुवै जलेको छ । ददिरामको गोठमा बाँधी राखेका दुई गाई, दुई बाख्रा जलेर मरेका छन् । आगो निभाउने क्रममा पौडेल बेहोस भएका छन् छ । उनको धौलागिरी अस्पताल बागलुङमा उपचार भैरहेको प्रहरी नायव उपरीक्षक बिजय यादवले बताए । सोही ठाउँका यदुनाथ पौडेलको घर गोठ जल्दा गोठमा बाँधीराखेका दुई भैसी, तीन गाई र पाँचवटा बाख्रा मरेको यादवले जानकारी दिए ।

“घर गोठनै पूर्ण रुपमा जलेकाले लाखौंको क्षती भएको अनुमान छ, क्षतीको विवरण संकलन गर्न भ्याईएको छैन्, उद्धारको काम भैरहेको छ” यादवले भने “आगो नियन्त्रणका लागि स्थानीय र प्रहरीले प्रयास गरिरहेको छ ।”

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->