बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बलेवाका आगलागी पीडितलाई बागलुङ कालिकाको साथ

बलेवाका आगलागी पीडितलाई बागलुङ कालिकाको साथ


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०८१, बिहिबार

बागलुङ/बागलुङको बलेवाका आगलागी पीडितलाई बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले राहत उपलव्ध गराएको छ । घरगोठसँगै खाद्यान्न र लत्ताकपडा जलेर बिचल्लीमा परेका बागलुङ नगरपालिका वडा नं. १२ डाँडाखेतका दुई परिवारका लागि गुठीले खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको हो ।
कालिका भगवती गुठीले २० पाथी चामल, २० थान कम्मल र केही कपडा सहयोग गरेको अध्यक्ष कुमार खड्काले बताए । तत्कालै खाने र लाउने समस्या हुने भएकाले आपतकालिन अवस्था टार्नका लागि खाद्यान्न र लत्ताकपडा सहयोग गरिएको खड्काले बताए ।
विपत्मा परेका बेला सहयोग गर्नु धार्मिक संस्थाको कतव्र्य भएको उनको भनाई थियो । बुधबार भएको आगलागीका कारण डाँडाखेतका ददिराम पौडेल र यदुनाथ पौडेलको घरगोठ जल्दा पशुचौपालय मरेका थिए । घरगोठमा रहेका खाद्यान्न लत्ताकपडा, नगद तथा गरगहना सबै जलेर नष्ट भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->