बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मर्दिखोला प्रतिष्ठानको छात्रवृत्ति

मर्दिखोला प्रतिष्ठानको छात्रवृत्ति


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०८१, शनिबार

पोखरा/मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीमा १० लाख बराबरको शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण गरेको छ । प्रतिष्ठानको २५ औं वार्षिकोत्सवको अवसरमाकास्कीभित्रका ७सरकारी विद्यालयलाई शैक्षिक सामग्री तथा सरकारी विद्यालयका ५ जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
प्रतिष्ठानले७ विद्यालयलाई कम्प्युटर, प्रोजेक्टर, प्रिन्टर, बिज्ञान सामाग्री तथा पुस्तक गरी ९ लाख बराबरको शैक्षिक सामाग्री वितरण गरेको छभने १०, ११ र १२ मा अध्ययन गर्ने जेहेन्दार ५ विद्यार्थीलाई २० हजार रुपैयाँका दरले १ लाखको छात्रवृत्ति प्रदान गरेको हो ।
छात्रवृत्ति पाउने विद्यार्थीमा निष्पक्ष मावि रिभानकी अस्मिता गिरी, बराह मावि भिंडावारीका अग्रसर लामिछाने, माछापुच्छ्रे मावि भुर्जुङखोलाकी सरिता क्षेत्री, गौरीशंकर मनिलाल माविकी सबिना दाहाल र धारापानी मावि पाउदुरका रोहन परियार रहेका प्रतिष्ठानका सचिव डिल्लीराम गिरीले जानकारी दिए ।
त्यस्तै निष्पक्ष मावि रिभान, बराह मावि भिंडावारी, माछापुच्छे« मावि भुर्जुङखोला, शारदा मावि माछापुच्छ्रे १, गौरिशंकर मनिलाल मावि सैतिघट्ट, भारती भवन मावि पुरन्चौर र संगम मावि अन्न्पुर्ण ६ चन्द्रकोटलाई गरी ९ लाख बराबरको शैक्षिक सामाग्री वितरण गरिएको सचिव गिरीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->