बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कोरला नाका खुल्दा देशको अर्थतन्त्रमा सुधार हुन्छ : अध्यक्ष ढकाल

कोरला नाका खुल्दा देशको अर्थतन्त्रमा सुधार हुन्छ : अध्यक्ष ढकाल

हाल कालीगण्डकी करिडोर निर्माण भैरहेकोले कोरला नाका खुल्दा देशको अर्थतन्त्रमा सुधार हुने उनको तर्क थियो ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०८१, शनिबार

बागलुङ/नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय उत्पादनको निर्यात हुने वातावरण बनाउनुपर्ने बताएका छन् । उनले देशको व्यवसाय वृद्धि गर्न स्थानीय उत्पादन निर्यातमुखी बनाउनुपर्नेमा जोड दिएका हुन् ।
बागलुङ उद्योग बाणिज्य संघको ६० औं वार्षिक साधारणसभा उद्घाटन गर्न आएका ढकालले आर्थिक विकासका लागि स्थानीय उत्पादनलाई बजारीकरण गर्नुपर्ने समेत बताए । उनले स्थानीय उत्पादनलाई जोड दिंदै अर्गानिक उत्पादनलाई पनि बजारको खोजी गर्नुपर्नेमा जोड दिए ।
ढकालले मुस्ताङको कोरला नाका खोल्न अब ढीला गर्न नहुने पनि बताए । कोरला नाकालाई सरकारको पहिलो प्राथमिकतामा राख्नुपर्ने समेत उनको भनाई छ । आयात र निर्यातका लागि कोरला नाका महत्वपूर्ण रहेको कुरा ढकालले बेलाबेला बताउने गरेका छन् । हाल कालीगण्डकी करिडोर निर्माण भैरहेकोले कोरला नाका खुल्दा देशको अर्थतन्त्रमा सुधार हुने उनको तर्क थियो । यो बिषयमा सरकारको समेत ध्यानाकर्षण गराइरहेको उनले बताए ।
सरकारले ल्याउन लागेको बजेट र आगामी दिनमा आउने मौद्रीक नीतिमार्फत लगानीमैत्री वातावरण बनाउन पनि उनले सरकारको ध्यानाकर्षण गरे ।
बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेलको अध्यक्षता, महासचिव ऋषिराम गौतमको संचालनमा सम्पन्न कार्यक्रममा स्वामी प्रपन्नाचार्य नेपाल उद्योग बाणिज्य महासंघ गण्डकीका संस्थापक सञ्जिव बहादुर कोइराला, नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य बलाबती शर्मा, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, संघका पूर्व अध्यक्ष धु्रबराज गौतम, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुधिर श्रेष्ठ लगायतले संघको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा गत कात्तिकमा गएको भूकम्प पीडितको राहत र उद्दारका लागि संघको नेतृत्वमा खटिएको भन्दै संघले जिल्ला प्रशासन कार्यालयसहित बागलुङका दशवटै स्थानीय तह, सिवाईसीसहितका संघसंस्था र व्यक्तीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->