बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

असल अभ्यास आदानप्रदान गर्न राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधिहरुबीच कार्यशाला

असल अभ्यास आदानप्रदान गर्न राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधिहरुबीच कार्यशाला


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०८१, शनिबार

बागलुङ/राष्ट्रिय जनमोर्चा बागलुङको जनप्रतिनिधिहरुको कार्यशाला शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ ।
कार्यशालामा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण पौडेल, बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनले प्रशिक्षण तथा शुभकामना मन्तव्य राखेका थिए ।
कार्यशालामा पालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्यहरुले आफ्नो क्षेत्रको कार्य प्रगति प्रस्तुत गरेको जनमोर्चा बागलुङका अध्यक्ष तिलक थापाले जानकारी दिए ।
जनप्रतिनिधिको क्षमता अभिबृद्धिका साथै आपसी अनुभव तथा असल अभ्यास आदानप्रदान गर्ने उदेश्यले आयोजित कार्यशाला राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तिलक थापाको अध्यक्षता, सचिव भिमलाल पोखरेलको सञ्चालन र जैमिनी नगरपालिकाका प्रमुख नर बहादुर पुनको स्वागतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->