बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गलकोटमा नमुना युवा संसदीय अभ्यास

गलकोटमा नमुना युवा संसदीय अभ्यास


  • ढोरपाटन संवाददाता
  • बैशाख २३ २०८१, आइतबार

बागलुङ/ युवाहरुलाई नेतृत्व गर्न प्रेरित गर्ने उद्देश्यले गलकोटमा नमुना युवा संसदीय अभ्यास गरिएको छ । स्थानीय तहको संसदीय अभ्यासका बिषयमा जानकारी र नमुना प्रयोगसमेत गरेर युवाहरुलाई जानकारी गराउने र सहभागितामा जोड दिन कार्यक्रम आयोजना गरिएको हो ।

गल्कोट नगरपालिकाको आयोजना र राष्ट्रिय युवा परिषद्को समन्वयमा चार दिनदेखि चलिरहेको नुमना युवा संसदीय अभ्यास (स्थानीय तह) कार्यक्रम अन्तरगत गल्कोट नगरपालिकाको नमुना निर्वाचन सम्पन्न भएको छ । नुमना निर्वाचनमा युवाहरुलाई निर्वाचन प्रक्रिया र नगर कार्यपालिकाको अभ्याससँग सम्बन्धित नमुना अभ्यास गराईएको थियो ।

नमुना निर्वाचनबाट गल्कोट नगरसभा सञ्चालनका लागि नगर प्रमुखको निर्वाचनमा गल्कोट नगरपालिका वडा नं.९ कि सुरक्षा गौतम २२ सहभागी मध्ये १३ मतकाका साथ विजयी भइन भने उप–प्रमुखमा गल्कोट नगरपालिका वडा नं.९ का रोहित भण्डारी १६ मतले विजयी भए । “गज्जवको अनुभव भयो, मत चुनाव जित्दा अर्कै फिल गरेँ” उपप्रमुख जितेका भण्डारीले भने । सहभागीहरुलाई विषयगत र प्रक्रियागत सत्रहरुमा राष्ट्रिय युवा परिषद्का प्रशिक्षकहरु प्रकाश शर्मा र साकार कोईरालाले सहजिकरण गरे । कार्यक्रमको समापन गल्कोट नगरपालिकाका सबै निर्वाचित जनप्रतिनिधिहरुको उपस्तिथिमा युवाहरुको सभा गरेर आज हुदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->