बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

युवा उद्यमीदेखि स्वामी ऋषि प्रपन्नाचार्यलाई सम्मान

युवा उद्यमीदेखि स्वामी ऋषि प्रपन्नाचार्यलाई सम्मान


  • ढोरपाटन संवाददाता
  • बैशाख २३ २०८१, आइतबार

बागलुङ/हस्तकलादेखि धार्मिक पर्यटनमार्फत जिल्लाको आर्थिक क्षेत्रलाई चलायमान बनाउन योगदान पु¥याउने युवा उद्यमी मिलन खत्रीदेखि स्वामी ऋषि प्रपन्नाचार्यलाई सम्मान गरिएको छ । ६० औं वार्षिक साधारण सभाको अवसर पारेर उद्योग वाणिज्य संघ बागलुङ (उवासंघ) ले उनीहरुलाई सम्मान गरेको हो ।
धार्मिक पर्यटनको क्षेत्रमा योगदान पु¥याउने श्रीरंगवैंटेश मुक्तिनारायण मन्दिरका स्वामी ऋषि प्रपन्नाचार्यलाई लक्ष्मी स्मृति अक्षयकोषबाट नगद ५० हजार, हस्तकला र कलाकारिताको क्षेत्रमा योगदान पु¥याउने युवा उद्यमी मिलन खत्रीलाई नगद ६ हजार २ सय ५० रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
सवा लाख शालग्राम शिला रहेको शालग्राम संग्रालय सहितको तिरुपति बालाजी धाम मुक्तिनारायण मन्दिर कुँडुले फेदीको धार्मिक तथा पर्यटकिय संरचना निर्माणमा स्वामी ऋषि प्रपन्नाचार्यको नाम अग्रस्थानमा आउँछ । बागलुङ नगरपालिका वडा नं. ९ निवासी खत्री ‘मिलन ट्याटु एण्ड आर्ट ग्यालरी’का संचालक हुन् ।


उवासंघमा स्थापना भएको तारा मेमोरियल अवार्डबाट सफल व्यवसायी इनम ब्रदर्शका संचालक इन्द्रराज श्रेष्ठलाई १२ हजार ५ सय, कोदोको विस्कुट उत्पादन गर्ने गाजा इन्टरनेशनल इन्भेष्टमेन्ट एण्ड रिसर्ज सेन्टरका चानसिंह श्रीषलाई उद्यमी प्रोत्साहन तारा मेमोरियल अवार्ड प्रदान गरिएको उवासंघका प्रेस सल्लाहकार सुवास आचार्यले जानकारी थिए । तारा अवार्डको राशी १२ हजार ५ सय रहेको छ ।
यस्तै, आर्थिक खोजमुलक पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका बागलुङ संवाददता किरण आचार्य, बागलुङ उद्योग वाणिज्य संघ धौलागिरि बहुमुखी क्याम्पस वाणिज्य पुरस्कारबाट व्यवस्थापन संकायमा अध्ययनरत सुमन थापालाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । पत्रकारिता र वाणिज्य पुरस्कारको राशी क्रमशः १३ हजार ८ सय ८९ र १४ हजार ६३ रुपैयाँ रहेको छ ।


संघले मनोबल बनाउन आफ्ना कर्मचारीलाई सम्मान गरेको छ । कर्मचारीतर्फ रामकृष्ण पौडेललाई नगद ६ हजार २ सय रुपैयाँसहित दोसल्लाले सम्मान गरिएको हो । सचिवालय तथा कार्यक्रम व्यवस्थापनतर्फ महिला उद्यमी विकास समितिलाई पनि सम्मान गरिएको सल्लाहकार आचार्यले बताए ।
साधारण सभामा बागलुङ बजारमा सिसि टिभी क्यामेरा जडान कार्यमा प्राविधिक र आर्थिक सहयोग गर्ने संघसंस्था, बैंक तथा वित्तीय संस्था, उवासंघको अगुवाईमा रुकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावितलाई राहत वितरणमा भुमिका खेल्ने स्थानीय तह तथा विभिन्न संघ संस्थालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->