बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पिसीएममा पाइथन प्रोग्रामिङ तालिम

पिसीएममा पाइथन प्रोग्रामिङ तालिम


  • ढोरपाटन संवाददाता
  • बैशाख २३ २०८१, आइतबार

पोखरा/पोखरा कलेज अफ म्यानेजमेन्ट (पिएमसी) का विद्यार्थीका लागि पाइथन प्रोग्रामिङ तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित पाँच दिने तालिममा कलेजमा अध्ययनरत विद्यार्थीको उत्साहजनक सहभागिता रह्यो ।

राष्ट्रिय आविस्कार केन्द्रका ७ जना श्रोत व्यक्तिले विद्यार्थीलाई पाइथन प्रोग्रामिङबारे सहजीकरण गरेका थिए । आविस्कार केन्द्र पोखराका कोओर्डिनेटर हरिबहादुर पहारीको प्रमुख आतिथ्यतामा शुभारम्भ र पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डीन डा. दयाराज ढकालको प्रमुख आतिथ्यतामा तालिम समापन भएको थियो ।

प्रमुख अतिथिद्वयले यस्ता प्राविधिक तालिमले विद्यार्थीको क्षमतामा अभिवृद्धि हुने बताए । अबको समय प्रविधिकै समय भएकाले प्राविधिक ज्ञान अपरिहार्य रहेको बताए । कलेजकी प्रिन्सिपल लिना नेगी श्रेष्ठले यस्ता उपयोगी कार्यक्रमलाई कलेजले सधैं स्वागत गर्ने बताइन् । श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बीबीए कार्यक्रम संयोजक हरि अधिकारीले स्वागत एवं बीसीआइएस संयोजक हरिप्रसाद बरालले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->