बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

चट्याङ लागेर ढोरपाटनमा एकको मृत्यु

चट्याङ लागेर ढोरपाटनमा एकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • बैशाख २५ २०८१, मंगलबार

बागलुङ/चट्याङ लागेर बागलुङमा एक जनाको मृत्यु भएको छ । सोमबार राती परेको चट्याङ लागेर ढोरपाटन नगरपालिका वडा नं. ३ पुर्काेटका ५६ वर्षिय खमबहादुर पुनको मृत्यु भएको हो ।
घरमै बसिरहेका बेला चट्याङ लागेर गंभीर घाइते भएका पुनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।
‘उपचारका लागि स्वास्थ्य केन्द्रमा ल्याईएका पुनलाई चिकित्सकले मृत घोषित गरेका थिए’ यादवले भने, ‘शवको पोष्टमार्टमपछि परिवारको जिम्मा लगाईसकिएको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->