शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

नौमती बाजामार्फत आयआर्जनमा जोडिदै पात्लेखेतका महिला

नौमती बाजामार्फत आयआर्जनमा जोडिदै पात्लेखेतका महिला


  • ढोरपाटन संवाददाता
  • बैशाख २६ २०८१, बुधबार

म्याग्दी/जिल्लाको बेनी नगरपालिकाले महिलालाई नौमती बजाउने तालिम सुरु गरेको छ ।
आमा समुहसँग उपमेयर कार्यक्रमअन्तर्गत नौमती बाजाको संरक्षण र प्रवर्धनका साथै महिलाहरूलाई आयआर्जनमुलक सीप सिकाउने उद्देश्यले मंगलबारदेखि बेनपा–१० पात्लेखेत र वाखेतका आमा समुहलाई नौमती बाजा बजाउने तालिम सुरु गरिएको हो ।
तालिमको उद्घाटन गदैं बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेले ग्रामिण क्षेत्रका महिलाको सक्रियतामा नौमती बाजाको संरक्षण र प्रवर्धनका साथै आयआर्जनमा समेत सघाउने भएकाले तालिम सञ्चालन गरिएको बताइन् ।
‘नौमती बाजा बजाएर पनि राम्रो आम्दानी गर्न सकिन्छ, आमा समूहको अग्रसरतामा भएका कार्यक्रमहरु सफल र दिर्घकालिन समेत देखिएका छन्’ उपमेयर लामिछानले भनिन् । गृहिणी महिलालाई आवश्यक ज्ञान सीप र प्रविधि समेत प्रदान गरी नेपाली मौलिकताको जगेर्ना गर्दै आर्थिक विकासमा सघाउने उपमेयर लामिछानेको भनाई छ ।
गाउँमा विवाह, व्रतबन्धलागयत अन्य समाजिक कार्यक्रममा मौलिक बाजाको माग आइरहेको र युवापुस्तामा विदेश पलायन भएको अवस्थामा महिलालाई सीपसँगै आम्दानीको समेत अवसर रहेको सिद्धबराह आमा समुहकी सचिव गिता रोकाले बताउनुभयो ।तालिममा बाजा बजाउने इच्छा भएका महिलालाई अवसर दिइएको छ । तालिमा सहभागी ३० जना महिलालाई स्थानीय देबीलाल नेपाली र श्याम नेपालीले एक महिनासम्म प्रशिक्षण दिनेछन् ।
तालिमको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष मसबिर रोकाले आमा समुहसँग उपमेयर कार्यक्रममा दुई सेट नौमती बाजा खरिद, तालिम सञ्चालन लगायत महिला लक्षित गतिविधिका लागि ६ लाख, कुटानी पिसानी मेसिनका लागि ३ लाख बजेट विनियोजन भएको बताए । तालिमको अध्यक्षता वडा अध्यक्ष रोका, स्वागत वडा सदस्य जानकी शर्मा र सञ्चालन नगरपालिकाकी महिला विकास निरिक्षक प्रतिमादेवी शर्माले गरेकी थिइन् । म्
याग्दीमा नौमति बाजाको तालिम लिएका महिलाहरूको सक्रियता प्रभावकारी देखिएको छ । पछिल्लो समय विवाह, व्रतबन्ध, चाडबाड तथा मेला पर्व र उत्सवहरूमा नौमती पञ्चेबाजाको माग बढी हुने गरेको भए पनि बाजा बजाउन सक्ने दक्ष जनशक्तिको भने अभाव रहँदै आएको छ । पञ्चेबाजा बजाउने सीपको पुस्तान्तरण नभएकाले पनि समस्या भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->