बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बडिगाडमा ग्रिन हाईड्रोजन उत्पादन गरिँदै

बडिगाडमा ग्रिन हाईड्रोजन उत्पादन गरिँदै


  • अनिष पाठक
  • बैशाख २६ २०८१, बुधबार

बागलुङ/बडिगाड गाउँपालिकामा हाईड्रोजन उत्पादन गर्ने प्रक्रिया अघि बढेको छ । बडिगाड २ स्थित गिरिङ्दी खोला लघु जलविद्युत सहकारी संस्थामार्फत सञ्चालित लघुजलविद्युत आयोजनाबाट ग्रिन हाइड्रोजन उत्पादन गरिने भएको हो ।
गाउँपालिकाले त्यसका लागि आवश्यक प्रक्रिया अगाडी बढाएको छ । हाईड्रोजन उत्पादनका लागि नेपाल इनर्र्जी फाउण्डेसन, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, इन्भोटेक युके, इन्भेस्टिनग्रिन लि. लगायतका संस्थाले सहजीकरण गरेका छन् । गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले उक्त जलविद्युत परियोजनामार्फत सञ्चालित विद्युत उत्पादनपछि खेर गएको पानीलाई सदुपयोग गरी हाईड्रोजन उत्पादन गरिने बताईन् ।
हाईड्रोजन उत्पादनका लागि गाउँपालिकाले आवश्यक लगानी गर्ने बताउँदै उनले विश्व बजारमा उदायमान उर्जाको रुपमा रहेको ग्रिन हाइड्रोजन विशेषत खाना पकाउन उपयोग गरिने अध्यक्ष थापाले बताईन् । बढ्दो जलवायु परिवर्तनकाबीच शतप्रतिशत स्वच्छ ऊर्जा मानिने ग्रिन हाइड्रोजनको महत्व र प्रयोग बढाउन तथा वैकल्पिक उर्जाको रुपमा यसको उत्पादन गर्ने योजना रहेको अधिकारीको भनाई छ ।
जलविद्युत आयोजनामा हाईड्रोजन प्लान्ट निर्माण गरिनेछ । गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनका अनुसार अहिले आवश्यक उपकरण, प्लान्ट ल्याउने काम हुँदैछ । योजना अनुसार काम सम्पन्न भएमा २०२४ भित्रै हाईड्रोजन उत्पादनको काम सम्पन्न हुनेछ । सुरुवातमा गिरिङ्दी खोलाका उपभोक्ताहरुलाई चुल्हो र सिलिण्डर वितरण गरी यसको प्रयोगमा ल्याईने उनले बताए । उत्पादित हाईड्रोजनलाई सिलिण्डरमार्फत उपभोक्ताको घर घरमा वितरण गरिनेछ ।
हाईड्रोजन उत्पादन गर्ने लक्ष्यका साथ मंगलबार गिरिङ्दीमा हाईड्रोजनद्धारा खाना पकाउने प्रविधिबारे प्रदर्शन गरिएको छ । हाईड्रोजनको महत्व र व्यवसायिक उपयोगिताबारे जानकारी दिने उद्धेश्यले परिक्षणको रुपमा काठमाण्डौंबाट ल्याईएको हाईड्रोजनबाट खाना पकाएर नमुना प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->