बागलुङ/जिल्लामा आयोजित एक कार्यक्रमका सहभागीले विधिको शासनलाई पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिएका छन् ।
७२ औं कानुन दिवसको अवसरमा उच्च अदालत बार एसोसियसन बागलुङले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीले विधिको शासनलाई पूर्ण रुपमा पालना गर्न नसके लोकतन्त्र र गणतन्त्रको अस्तित्व नरहने बताएका थिए ।
कार्यक्रममा सहभागी न्यायाधिश, कानुन व्यवसायी र सञ्चारकर्मीले विधिको शासनको पूर्ण पालन हुन सके कानुनी राज्यको स्थापना हुने र न्याय प्रणाली मजवुत हुनेमा बताए । न्याय प्रणालीलाई मजवुत बनाउन राजनैतिक दल जिम्मेवार हुनुपर्नेमा उनीहरुको सुझाव थियो ।
कार्यक्रममा बोल्दै उच्च अदालत पोखरा बागलुङ इजलासका न्यायधिस यज्ञबहादुर रानाले हरेक क्षेत्रमा न्यायको सहज पहुँच पु¥याउन सकेमा पीडितले समयमै न्याय पाउने र कानुनको परिधिभित्र रहेर काम गरेमा समाज रुपान्तरण हुनेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता पद्यमनाथ शर्मा पौडेल, बरिष्ठ अधिवक्ता कृष्णप्रसाद शर्मा निउरे, बरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठ, बरिष्ठ अधिवक्ता हरिप्रसाद शर्मा, वारका पूर्व अध्यक्ष निरञ्जनलाल राजभण्डारी, राम शर्मा, राजु गौतम, भुमिश्वर गौतम, अखिलनाथ शर्मा लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम उच्च अदालत बार एसोसियसनका अध्यक्ष रमेशबहादुर खड्काको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण सुवेदीको स्वागत र सचिव उमाशंकर सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।





