बागलुङ/ बलेवामा अन्तर मुस्लिम खुल्ला पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशसभा सदस्य कृष्ण पाठकले बिहिबार एक समारोहका बीच उद्घाटन गरे ।
बागलुङ नगरपालिका–१२ अमलाचौरमा सुरु भएको प्रतियोगिता तीन दिनसम्म चल्ने छ । बलेवा मुस्लिम समाजले आयोजना गरेको प्रतियोगितामा गण्डकी प्रदेशका बिभिन्न जिल्लाबाट मुस्लिम समुदायका आठ समुह मात्रै सहभागि छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै सांसद पाठकले खेलकुदका माध्यामबाट आफ्नो पहिचान र अधिकारका लागि मुस्लिम समुदायले गरेको प्रयास सह्रानिय रहेको बताए । प्रतियोगितामा वडा सदस्य महानन्द पौडेल, नेकपा एमालेका ज्ञानेन्द्र ढकाल, नेपाली कांग्रेसका देवेन्द्र ढकाल, माओबादीका प्रमानन्द पौडेल लगायतले बोलेका थिए । भलिवल प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । भलिवलसँगै नाथ सरिफ प्रतियोगिता सञ्चालन हुने छ ।
बलेवा मुस्लिम समाजका अध्यक्ष मैनुदिन मियाको अध्यक्षता, सचिव युनिस मियाको स्वागत र कृष्ण अंखेलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





